Shikhar Insurance

८० करोड रुपैयाँको ‘कुमारी ईक्वीटी फन्ड’ निष्काशन हुँदै

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ५, बुधबार १६:३८
NIMB
Nabil Bank

काठमाडौं । ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्वीटी फन्ड’ निष्काशन हुने भएको छ । फागुन १४ गते शुक्रबारदेखि सो फन्ड सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

‘कुमारी इक्वीटी फन्ड’ को बिक्री प्रबन्धक कुमारी क्यापिटल हो । १० वर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अंकित दरको ८ करोड इकाइको इक्विटी फन्डमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंकको लागि सुरक्षित राखी राखिने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बाँकी ६ करोड ८० लाख इकाई फागुन १४ गते शुक्रबारदेखि फागुन २८ गतेसम्म सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिने बताइएको छ । योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ ।

योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । नेट एसेट भ्यालु १० रुपैयाँबाट सुरु भई अन्तिम वर्ष (लाभाशं वितरण पश्चात) सम्म २२ रुपैयाँ ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना व्यवस्थापकको धारणा रहेको छ ।

सो योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ । आवेदन न्युनतम एक हजार इकाई र अधिकत ८० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्