Shikhar Insurance

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्ष बने वित्तिय व्यवस्थापन विभाग प्रमुख रामु पौडेल

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार ०७:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको  संञ्चालक समितिको बैठकले रामु पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेकोछ । नवनिर्वाचित अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण समेत गरेका छन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । रामु पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेकाछन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्