Shikhar Insurance

नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमा खटपट, बालुवाटार बैठकमा के के भयो ?

सिंहदरबार संवाददाता
२०८० पुष १५, आईतवार २२:१४
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका बिषयलाई लिएर सत्ता गठबन्धनमै खटपट भएको छ । प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिको पुस १२ गतेको बैठकमै सत्ता गठबन्धनका सांसदबीच मतभेद देखिएको थियो ।

धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई छलफलका लागि बोलाईएको बैठकमा काँग्रेस संस्थापन र माओवादीका सांसदहरु एकातिर देखिएका थिए भने कांग्रेस संस्थापन इतर र एकिकृत समाजवादीका सांसदहरु अर्काेतिर देखिएका थिए । सो बैठकले प्रिमियममा जारी भएका आईपीओहरुमाथि छानविन गर्न अख्तियारलाई निर्देशन दिने तथा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पति छानविनका लागि सम्पति शुद्धीकरण विभागलाई निर्देशन दिनेसहितका १० बुँदे निर्देशन दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिको औपचारिक बैठक बस्नु अघि पनि सांसदहरुबीच करिब एक घण्टा के निर्देशन दिने ? भन्नेबारे चर्काचर्की छलफल भएको थियो ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकमा पनि नयाँ स्टक एक्सचेञ्जका बिषयमा कुरा उठेको थियो । बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवाले ‘नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया’ किन रोकेको भन्दै प्रधानमन्त्रीसँग प्रश्न सोधेका थिए ।

देउवाले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने गरि छिटो निर्णय गर्न प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने बजारमा नकारात्मक माहोल बनेकाले अहिले नै नयाँ स्टकलाई लाइसेन्स दिने बाटो खोलिदिँदा परिस्थिति झनै बिग्रिने जवाफ दिएका थिए ।

‘काँग्रेस सभापतिज्यूले स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउने गरि मन्त्रिपरिषदले छिटो बाटो खोलिदिनु पर्यो भन्ने आशय राख्नु भयो, प्रधानमन्त्रीज्यूले भने अहिले बाहिर माहोल नराम्रो बनिरहेको छ, मैले नै संसदमै उभिएर पुँजी बजारको अरब/खरबको सेटिङ भत्काएँ भनेको थिएँ, उतिबेला किन रोकेको ? अहिले किन खोलेको ? भनेर झन गाली गर्छन भन्नुभयो’, स्रोतले सिंहदरबारलाई भन्यो ।

त्यसो त सार्वजनिक लेखा समितिको पुस १२ गतेको बैठकले गरेका निर्णयहरु माथि पनि काँग्रेस र माओवादीका केहि सांसदहरुले आपत्ति जनाईरहेका छन् । काँग्रेस सांसद राजन केसीले त त्यस्तो गरिनु उचित नभएको टिप्पणी सिंहदरबारसँग गरेका थिए ।

काँग्रेस संस्थापन र माओवादीका केहि सांसदहरु नयाँ स्टकलाई तत्कालै लाइसेन्स दिनुपर्ने पक्षमा छन् । स्वंय प्रधानमन्त्री प्रचण्ड भने केहि समय रोकेर मात्रै नयाँ स्टकलाई लाइसेन्स दिनुपर्ने पक्षमा छन् ।

सत्ता साँझेदार एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ स्टकलाई लाईसेन्स दिँदा गठबन्धन नै बदनाम बन्ने अवस्था आउनु नहुने धारणा राखेको स्रोतले बतायो । पुस १२ गतेको सार्वजनिक लेखा समित बैठकमा भने एकिकृत समाजवादीका सांसद प्रेम आलेले नयाँ स्टकलाई लाइसेन्स दिने तयारीको बिरोध गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्