Shikhar Insurance

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकको माग, फागुन ११ गतेसम्म दरखास्त दिनुपर्ने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १३:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले आज(शुक्रबार) एक सूचना प्रकाशित गर्दै विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।

कलेज प्रशासनद्वारा प्रकाशित सूचना अनुसार इन्टरनल मेडिसिन, कार्डियोलोजी, पल्मोनोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, क्रिटिकल केयर, एनेस्थेसियोलोजीमा प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर माग गरिएको छ । यस्तैगरी, स्त्री तथा प्रसुति रोग, दन्त रोग, बाल रोग, ट्रान्सप्लान्स फिजिसिएन लगायतका पदहरुमा दरखास्त माग गरिएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँन दक्ष जनशक्ति थप गर्ने निर्णय अनुसार चिकित्सकहरु माग गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

योग्यता पुगेका चिकित्सकहरुले इमेल मार्फत् आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्ने कलेजले जनाएको छ । दरखास्त दिने अन्तिम दिन फागुन ११ गते रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्