Shikhar Insurance

कुलमानले सुरु गरे तालिकाबिनै औद्योगिक क्षेत्रमा १० घण्टे लोडसेडिङ

सिंहदरबार संवाददाता
२०८० चैत्र ४, आईतवार १८:१०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले औद्योगिक करिडोरमा लोडसेडिङ सुरु गरेका छन् । घिसिङले लोडसेडिङ तालिका प्रकाशित नगरी लोडसेडिङ सुरु गरेका हुन् ।

अहिले औद्योगिक करिडोरहरु विराटनगर बुटवल र भैरहवा वीरगञ्ज क्षेत्रमा व्यापक रुपमा लोडसेडिङ सुरु भएको छ । सुख्खायाम लागेसँगै प्राधिकरणले विद्युत दिन नसक्ने भन्दै लोडसेडिङ सुरु गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

वीरगञ्जमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ भैरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले बताए । उद्योगी अग्रवालले सिंहदरबारसँग भने ‘उद्योगीहरुको डेलिगेसन उर्जा मन्त्रालयमा सम्म पुगिसकेको छ । तर सरकारले भने सुक्खा ‍याममा बिजुली नभएको बताउने गरेको छ । मेसिनरी सामान जोगाउनका लोडसेडिङ तालिका मागिरहेका छन् । तर प्राधिकरणले भने कुनै चासो देखाएको छन् ।’

मेसिन चल्दा-चल्दै बिचमा पावर कट हुदाँ उद्योगको मेसिन बिग्रिनुको साथै कच्चा पदार्थ समेत धेरै खर्च हुने उद्योगी अग्रवालको भनाई छ ।

मोरङको औद्योगिक करिडोरमा अहिले बिहान चार घण्टा र बेलुका चार घण्टा लोडसेडिङ रहेको मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष राकेश सुरानाले बताए । उनले सिंहदरबारसँग भने ‘विराटनगरमा अधिकाँस प्लास्टिक उद्योग छन्, अहिले ६० प्रतिशतले उत्पादन घटेको छ, इमान्दार उद्योगीले काम गर्न सक्ने अवस्था नै रहेको छैन।’

बिहान बेलुका ४-४ घण्टा पावर काटिए पनि बिचमा पटक-पटकसम्म विद्युत बन्द हुने समस्या छ । यसले उद्योगमा गम्भिर समस्या निम्त्याएको छ । धेरै उद्योगीले मेसिन बिग्रिएर हैरानी खेपिरहनु परेको छ भने कच्चा पदार्थ खेर जादाँ लागत समेत वृद्धि हुन गएको छ ।

विपद्युत प्राधिकरणले उद्योगीको समस्यमा चरम लापरवाहि गरेको उद्योगी सुरानाको भनाई छ । सरकारले उद्योगीहरुलाई विद्युत काटेर चरम यातना दिएको एक उद्योगीले बताए । नाम उल्लेख नगर्ने शर्तमा ती उद्योगीले भने ‘सरकार स्वदेशी उद्योगीलाई रुवाएर लगानी सम्मेलनको नारा लगाइरहेको छ, मैले बुझ्न नसकेको कुरा उद्योगमा पावर काटेर कस्तो लगानी ल्याउन सरकारले प्रयास गरिरहेको छ ।’

दिनको १२ घण्टासम्म लोडसेडिङ हुदाँ उद्योगीले ठूलो घाटाको साथै लागत समेत वृद्धि भैरहेको छ । ती उद्योगीले थपे ‘सार्वजनिक रुपमा प्राधिकरणको विरोधमा आयो भने व्यक्तगत टार्गेट बनाएर कुलमान जीले काम अघि बढाउनु हुन्छ ।’

प्रबन्ध निर्देश घिसिङको कामको विरोध गरे घिसिङले व्यक्तिगत रिसिबी लिने गरेको ती उद्योगीले बताए । औद्योगिक करिडोरमा लोडसेडिङ गरिएको प्राधिकरणका भार प्रेषण प्रमुख चन्दन घोषले जानकारी दिए ।

प्रमुख घोषले भने ‘देशभर माग र आपुर्तिमा अलिअलि नपुग छ । पुर्वि क्षेत्रमा विद्युतको समस्या छ । ढल्केबरदेखि इनरुवा प्रशारण लाइनको काम सकिन थोरै बाँकी छ । यसमा विविध अवरोधहरु भैरहेका छन् । यस्तै ढल्केबरदेखी नवलपुर प्रशारण लाइनको क्षमता अभिवृद्धिमा पनि समस्या छ ।’

प्रमुख घोषका अनुसार यी क्षेत्रमा तार फेर्ने काम गर्न सुरु गरिएको छ । यसको क्षमता दोब्बर गर्न लागेको हो । यसमा स्थानियहरुले अवरोध गरिरहेका छन् । यस्तै नेपाली विद्युत पनि सोचे अनुरुप प्रवाह गर्न सकिरहेको छैन ।

कालिगण्डगी करिडोरमा २ सय मेगावट क्षमताका जलविद्युत आयोजना प्रशारण लाइनमा जोडिएको छ । गतवर्ष यस समयमा ४५ भन्दा बढी मेगावट विद्युत आयात भैरहेको अवस्था थियो । तर यो वर्ष १८ मेगावट भन्दा कम मात्रै उत्पाद भएकाले समस्या बढेको प्राधिकरणको भनाई छ । यसले गर्दा पुर्वी क्षेत्रमा समस्या बढेको हो । एकातिर प्रशारण लाइन समयमै नबन्ने र अर्कोतर्फ आन्तरिक उत्पादन पनि कम हुनाले समस्या बढेको छ ।

हाल प्राधिकरणले अहिले भारतबाट ६ सय मेगावट सम्म विद्युत खरिद गरिरहेको छ । यो प्रशारण लाइनको क्षमताले भ्याएसम्मको आयात हो । नेपालले अहिले प्रति युनिट १० भारु सम्म विद्युत खरिद गरिरहेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्