Shikhar Insurance

५४ लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्ध खोप लगाए

सिंहदरबार संवाददाता
२०८० चैत्र ५, सोमबार १२:५९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार ४ सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारीदिएका हुन् ।

गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोट बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए । हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन् उनले भने हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् । दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्