Shikhar Insurance

ओली/देउवा सरकारको भविष्य माधव नेपालको हातमा, खोज्दैछन् प्याकेज सहमति

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकारको भविष्य पुनः माधव नेपालको हातमा आईपुगेको छ । सोमबार विश्वास मत लिने समयमा संसदा अनुपस्थित रहेका माधव नेपाल समुहका २८ जना सांसद नै नयाँ सरकार गठन वा ओली सरकार जोगाउन निर्णायक बनेका छन् ।

हाल ओली सरकारले निरन्ततरता पाउन वा नयाँ सरकार गठनका लागि १३६ जना सांसद आवश्यक पर्छ । एमालेसँग १२१ (माधव नेपाल समहुसहित) सांसद छ । जनता सामजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समुहमा १५ जना सांसद छन र उनीहरुले ओलीलाई साथ लिने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा ओलीले माधव नेपाल समुहका ६ बुँदे माग पुरा गरेमा यहि सरकारले निरन्तरता पाउने देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल समुहले फागुन २८ गते ओलीले नेकपा(एमाले)का नाममा गरेका निर्णयहरु फिर्ता लिनुपर्ने एजेण्डालाई बटमलाइनका रुपमा अघि सारेका छन् । त्यसो त काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी गठबन्धनले प्रयास गरिरहेको छ । जसमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा(उपेन्द्र बाबुराम समुहका १७ जना सांसद छन् ।

२७१ सदस्य संसदमा नयाँ सरकार गठनका लागि १३६ सांसद चाहिन्छ । एमालेका सांसदहरु एकै ठाउँमा रहँदा विपक्षी गठबन्धनले बहुमत पाउँदैन् । त्यसका लागि या त माधव नेपाल समुहलाई ओलीले कारवाही गर्नुपर्छ या त नेपाल समुहका सांसदहरुले राजीनामा दिनु पर्छ । अर्थात ओलीको सरकार कायमै राख्ने वा देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेबारे माधव नेपाल समुह निर्णायक बनेको छ ।

नेपाल समुहले ओलीसँग ६ बुँदे प्रस्ताव राखे जस्तै देउवा प्रचण्डसँग पनि केहि ठोस सहमति खोजेका छन् । आफुहरुले सांसद पदबाट राजीनामा गरेमा उप निर्वाचन मार्फत जित सुनिश्चिता हुने गरि सत्ता साँझेदारीकै ठोस योजना नेपाल समुहले अघि सारेको छ । पार्टी विभाजन हुँदा ओली समुहका विरुद्ध एकिकृत मोर्चा बनाएर जानुपर्ने नेपाल समुहको अडान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्