Shikhar Insurance

दुई हप्ताभित्रै बिजुली बाल्ने अपर तामाकोशीको कस्तो छ नौ महिने वित्तिय विवरण ?

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १२:३५
NIMB
Nabil Bank

काठमाडौं । जेठको दोश्रो साताबाट विद्युत उत्पादन थाल्ने तयारी गरिरहेको अपर तामाकोशी हाइड्रो पावर कम्पनीले आफ्नो सञ्चित नोक्सानी घटाउँदै लगेको छ । कम्पनीले सार्वजनिक गरेको नौ महिना वित्तिय विवरण अनुसार नोक्सानी घटेर ३ करोड ५० लाख रुपैयाँमा झरेको हो । २०७६ चैत मसान्त अवधीमा कम्पनीको सञ्चित नोक्सानी ४ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण लिएको छ। कम्पनीले २०७७ चैत मसान्त अवधीसम्ममा नेपाल विद्युत प्राधिकरणसँग १३ अर्ब र संस्थापक शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानीकोष तथा राष्ट्रिय बीमा संस्थानसँग १४ अर्ब बढी ऋण लिएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छभने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९४ पैसा छ। आयोजनाको निर्माण लगात बढेर ७० अर्ब नाघेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्