Shikhar Insurance

सानिमा रिलायन्सले माग्यो १३ शाखाको कर्मचारी, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र २२, बिहीबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाको लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गर्दै तीन प्रदेशको लागि कर्मचारी माग गरेको हो ।

कोशी प्रदेशको भोजपुर, बिराटनगर, खाँदावारी, ओखलढुङ्गा , बागमती प्रदेशको बत्तीसपुततली, महाराजगंज, चनौली, कालीमाटी, हात्तिगौडा, फर्पिङ र लुम्बिनी प्रदेशको लागि बर्दघाट, रामपुर (पाल्पा), जीतपुरको लागि शाखा प्रमुख माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी जीवन बीमा बैंक तथा संस्था वा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्याअनुभव भएको व्यक्तिहरुलाई मान्यता दिनेछ ।

साथै, योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ७ दिनभित्र इच्छुक शाखा उल्लेख गरी कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्