Shikhar Insurance

दुनाटपरी उद्योगबाट मासिक १५ हजार आम्दानी गर्दै चौधरी दम्पती

सिंहदरबार संवाददाता
२०८० चैत्र २८, बुधबार १६:१५
NIMB
Nabil Bank

दाङ । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन् । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन् ।

घरको काम सकेर बचेको समय यही व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन् । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ । अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ” चौधरीले भनिन् । बजारीकरणका लागि त्यति समस्या नहुने गरेको चौधरीले बताईन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ । अहिले घरको सबै काम सकेर श्रीमान्ले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ ।” उनले बताईन् । उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन् ।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक १०/१२ हजार आम्दानी गरिरहेका छन् । चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ । मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाईन् । उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे २ सयमा बिक्री गरिएको छ ।

यसैगरी, टपरी ५ रुपैयाँका दरले बिक्री हुने गर्दछ । दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ । उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउँछन् । घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ । मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन् । उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनको भनाइ छ । कतिपय घरमै पनि लिने आउने गर्दछन् । जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ ।

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ । विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ । उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताईन् । समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने चौधरी बताउँछिन् ।

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ । खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्