Shikhar Insurance

समुदायको स्वीकृतमा मात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्छ : सरोकारवाला

सिंहदरबार संवाददाता
२०८० चैत्र २९, बिहीबार १६:०९
NIMB
Nabil Bank

काठमाडौं । कुनै पनि रोग विरुद्धको खोप/औषधिको ‘क्लिनिकल ट्रायल’सामुदायको स्वीकृत लिएर गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यहाँ भएको १०औं स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनमा ‘तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल’ विषयक छलफलमा समुदायको स्वीकृति लिएरमात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले क्लिनिकल ट्रायलका लागि मापदण्ड बने पनि प्रभावकारी नभएको बताए । उनले आयुर्वेद औषधिमा पनि ‘क्लिनिकल ट्रायल’ बनाइरहेको बताए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका अनुसन्धान विभागका प्रमुख डा प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायलका लागि अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले कोरोना भाइरस महामारीको बेला कोरोनाविरुद्धको खोपका लागि नेपालमा पहिलो ‘क्लिनिकल ट्रायल’ गरिएको बताए । उनले आफू परिषद्को सदस्यसचिव रहेको बेला ‘क्लिनिकल ट्रायल’सम्बन्धी मापदण्ड बनाएको भन्दै त्यसयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।

अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हकले समुदायको स्वीकृतिमा मात्र क्लिनिकल ट्रायल गनुपर्ने भन्दै क्लिनिकल ट्रायललाई गलत रूपमा प्रयोग गर्न नहुने बताए ।

परिषद्का इथिकल रिभ्यू बोर्डका डा दिप्तेश अर्यालले क्लिनिकल ट्रायलसम्बन्धी नयाँ मापदण्ड बने पनि सार्वजनिक नगर्दा क्लिनिकल ट्रायल गर्न समस्या भएको जानकारी गरे । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्सँग अनुमति लिएर गरिएका क्लिनिकल ट्रायल अनुसन्धानको आचारसंहिताअनुसार नै रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्