Shikhar Insurance

सरकारले नीति बनाए ५ सय रुपैयाँमा देशभरि ‘स्वास्थ्य आपत्कालिन उद्धार’ सेवा दिन सक्छौं : क्याप्टेन थापा

सिंहदरबार संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । सिम्रीक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल सरकारले नीतिगत व्यवस्थागर्ने हो भने हेलिकप्टर सेवा प्रदायकहरुले वार्षिक ५ सय रुपौयाँमा देशैभरबाट स्वास्थ्य आपत्कालिन उद्धार गर्न सकिने बताएका छन् । सिम्रीक एयर स्थापनाको २३औं वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने ‘ नेपालको भुगोल अनुसार इमर्जेन्सीमा हेलिकप्टर एक बहुउपयोगि साधन हो, राज्यले नीतिगत व्यवस्था गरे हामी ५ सय रुपैयाँ प्रिमियमको बीमामा देशैभर बाट मेडिकल रेस्क्यू गर्न सक्षम छौं तर राज्यले यस क्षेत्रमा ध्यान दिएन’ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालमै पहिलो पटक फायर फाईटिङ इक्वीमेन्ट ल्याएर निसुल्क सेवा दिएको बताउँदै थापाले भने ‘ देशका विभिन्न स्थानमा भएको आगलागी नियन्त्रण जस्तै शिवपुरी राष्ट्रिय निकुञ्ज, पाथिभरा मन्दिर, वालाजु औधोगिक क्षेत्रमा लागेको आगो आफ्नै पहलमा नियन्त्रण गर्यो, यसमा राज्यको मुख ताकिएन, राष्ट्र सेवाभावले काम गरीयो ’ ।

सिम्रीक एयरले आफ्नो स्थापनाको २३औं वार्षिक उत्सवको अवसरमा नेपालमै पहिलोपटक नागरिक उडेययन संबन्धी म्यगजिन हेलिकप्टर नेपाल म्यागेजिनको पहिलो अंक सार्वजनिक समेत गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्