Shikhar Insurance

३५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १०:४७
NIMB
Nabil Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि आव्हान गरेको हो ।

सभाले चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब एक करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, संचालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने एजेण्डा रहेकाे छ ।

साथै, साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्