Shikhar Insurance

नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यात गर्न सहज वातावरण बनाउन सरकारसँग माग

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातको सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । बिहिबार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले वागमती प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् ।

व्यवसायीहरुले स्वदेशी नेपाली जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि संघ र प्रदेश सरकारले उचित वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । उद्योगीहरुले नेपाली जुत्ता चप्पल उद्योगीहरुले कच्चा पदार्थ,बजारीकरण,निर्यातका लागि गुणस्तरका विषयमा समस्या रहेको भन्दै सरकारले नेपाली उत्पादनको प्रोत्साहन र प्रवद्र्धन गरी निर्यातको लागि सहजिकरण गर्न माग गरे । उनीहरुले बजारीकरणको लागि संघ,प्रदेश र स्थानीय निकायहरुका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ता स्वदेशी उत्पादन अनिवार्य बनाउने गरी नीति बनाउन पनि माग गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपाने नेपाली उत्पादन जुत्ता बिक्रीवितरण, उत्पादन गर्ने दक्ष जनशक्ति,नेपाली ब्राण्डिङ जुत्तालाई गुणस्तरिय छ भनेर चिनाउने काममा बागमती प्रदेश सरकारले सहयोग गर्न माग गरे । उनले सरकारको प्रतिवद्धताले राष्ट्रियता र आत्मियता बढाउने र व्यवसायीको आत्मवल उच्च हुने दाबी गरे । उनले सरकारले सहज वातावरण बनाउँदा मात्रै उत्पादन वृद्धि हुने अवस्था रहेको बताए ।

अध्यक्ष न्यौपानेले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले सिंहदरबारमा नेपाली जुत्ता अभियान चलाउन लागेको बताए । उनले सरकारले सरकारी कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने जुत्ताहरु नेपाली उत्पादन लगाउनु पर्ने नीति नियम ल्याउन आवश्यक रहेको जानकारी गरे । उनले त्यसको शुरुवात वागमती प्रदेश सरकारबाट गर्न माग गरे । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडेले विभिन्न समस्याकाबीचमा ९ करोड फुटवयेरको माग रहेको बताए ।

उनले उत्पादन पूर्वाधारको आधारमा १६ करोड जुत्ताचप्पल उत्पादन गर्ने क्षमता रहे पनि विभिन्न नीतिगत र बजारीकरणको समस्याको कारण उत्पादन क्षमता भन्दा ६० प्रतिशत मात्रै उत्पादन भइरहेका बताए । उनले अहिले ६ करोडसम्म उत्पादन गरेर बिक्री वितरण गरिएको बताए । उनले साना र सिमित उद्योगीहरुले मात्रै उत्पादन गरी रहेकाले आधा मात्रै उत्पादन भइरहेको जानकारी गरे । उनले साना व्यवसायीहरु भएकाले बजारिकरण गर्न ज्ञान,सीपको अभाव र पुँजीको कारणले बजारिकण गर्ने समस्या रहेको बताए ।

उनले सरकारले निर्यातको दायरा बनाउनको लागि प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले १५ सय उद्योगबाट उत्पादन भएका वस्तुहरु धेरै निर्यात गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि साँघुरिएर बस्न बाध्य रहेको बताए । उनले बजारको हिंसा कभर गर्ने वातावरणको लागि सरकारले नेपाली उत्पादनको प्रवद्र्धन गर्न माग गरे । कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, वाणिज्य र प्रशासन मन्त्री प्रकाश श्रेष्ठले संघीयताको अभ्यास शुरु भएको ६ वर्ष पूरा भएपनि संघ र प्रदेश सरकारबीच समन्वय हुन नसक्दा उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धन गर्न नसकिएको बताए । उनले उद्योग व्यवसाय क्षेत्रको विकास र प्रवद्र्धनको लागि संघीय मन्त्रीसँग पनि छलफल गर्ने जानकारी दिए ।

उनले संघ र प्रदेश मन्त्रालयको अधिकार बाँडफाडमा समस्या रहेको बताए । उनले फुटवयेरको विकास प्रवद्र्धन गर्ने वर्तमान समस्या समाधानको लागि आवश्यक पहल गर्ने बताए । उनले गुणस्तर वस्तु बनाउँदा पनि बजार विदेशी जुत्ताचप्पल आयात गर्नुपर्ने समस्या रहेको बताए । उनले दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने समस्या,नयाँ–नयाँ प्रविधिहरुको व्यवस्थापन गरी उत्पादन गर्न समस्या देखिएको जानकारी गरे ।

उनले वागमती प्रदेशको उद्योग वाणिज्य मन्त्रालयले फुटवयेर क्षेत्रको विकास प्रवद्र्धन गर्नको लागि गर्नुपर्ने काम लिखित रुपमा माग गर्नु आग्रह गरे । मन्त्री प्रदेश सरकारले बजेट व्यवस्थापन गरी समावेशी र सन्तुलित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्