Shikhar Insurance

रिहाइका लागि थप प्रयास गर्न प्रधानमन्त्रीलाई विपिन जोशीको परिवारको अनुरोध

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:२६
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेका छन् ।

आज(शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्