Shikhar Insurance

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्