Shikhar Insurance

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २, आईतवार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । थप सात हजार ३६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ५५ हजार २० पुगेको छ ।

थप १९ हजार ४३९ जनाको पिसिआर परीक्षण तथा २४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट सात हजार ३१६ तथा एन्टिजेनबाट ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २७ लाख ७० हजार ९८० जना पुगेको छ । हाल ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म तीन लाख ३९ हजार ७५६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । शनिबार पाँच हजार ४५५ सङ्क्रमित निको भइ घर फर्किएका थिए । निको हुने दर ७४ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १० हजार २६३ सक्रिय सङ्क्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा सात हजार ८०८ तथा होम आइसोलेसनमा एक लाख दुई हजार ४५५ रहेका छन् । हाल देशभर ७०१ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा दुई हजार ६०९ सङ्क्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ६०९ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार आठ सय ८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या २९ हजार ६५ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ३२ हजार ८१५ निको भएका छन् भने एक हजार १३८ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल सात हजार ११८ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार ३४१ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३०४ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार ९७८ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या ११ हजार ३४३ रहेको छ भने २२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार एक पुगेको मन्त्रालयले जनाएको छ ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्