Shikhar Insurance

प्रभु सेलेक्ट फन्ड दोस्रो दिनमै ओभर सब्स्क्राइब

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । जेठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फन्डको एकाइ दोश्रो दिन नै ओभर सब्स्क्राइब भएको छ । दोश्रो दिन १०४.८८ प्रतिशत भन्दा बढी आवेदन परेको छ ।

४० हजार ५ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ४ करोड ८८ लाख २० हजार ५ सय रकम बराबरको १० करोड ४८ लाख ८२ हजार ५० एकाइ खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति एकाइ रु. १० अंकित दरमा १ अर्ब बराबरको १० करोड एकाइ म्युचुअल फन्ड बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

फन्डले १५ प्रतिशत एकाइमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख एकाइ सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख एकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फन्डमा लगानीकर्ताहरुले न्यूनतम १ सय एकाइ देखि अधिकतम १ करोड एकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एकाइ खरिदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्