Shikhar Insurance

बहुप्रतिक्षित एचआईडीसीएलको ११ अर्बको हकप्रद धितोपत्र बोर्डद्वारा स्वीकृत

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्कासन गर्न पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले एचआईडीसीएललाई आज (जेठ ९ गते) १ बराबर १ हकप्रद निष्कासनको अनुमति दिएको हो ।

कम्पनीको चुक्तापुँजी ११ अर्ब रुपैयाँ छ । हकप्रदबाट कम्पनीको पुँजी बढेर दोब्बर अर्थात् २२ अर्बको हुनेछ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका ११ करोड कित्ता हकप्रद सेयरधनीलाई दिनेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्