Shikhar Insurance

ओली एमाले स्थायी कमिटी बैठक ४ बजे, बैठक पार्टी फुटाउन की जुटाउन ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । ओली निकट नेकपा (एमाले) ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो ।

आजको यो बैठकबाट खनाल–नेपाल समुका बारेमा निर्णय लिने संभावना रहेको छ । संभवत आजको यो बैटक बाट खनाल–नेपाल समुहलाई पार्टीबाट निस्कासन गर्ने संभावना समेत रहेको छ । यदी यसप्रकारको कुनै निर्णय भए नेकपा (एमाले) औपचारीक रुपमानै फुट्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारको विषय तथा आगामी बजेटका बारेमा छलफल हुने बताए । तामाङले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्छ । ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिने छ”, तामाङले भने ।

यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्