Shikhar Insurance

दशककै उत्कृष्ट बजेट ल्यायौं, अब ‘फुल टाइम’ राजनीतिमै लाग्छु

मोतिलाल दुगड
२०७८ जेष्ठ १७, सोमबार ०९:२३
NIMB
Nabil Bank

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी खोसिएपछि मन्त्रीको ‘स्टाटास’मा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको जिम्मेवारीमा छन्, मोतिलाल दुगड । व्यवसायीक पृष्ठभूमिका दुगडलाई प्रधानमन्त्री केपी ओलीले समानुपातिक सांसद हुँदै राज्यमन्त्री र अहिले मन्त्रीको हैसियतमा आफ्नो आर्थिक सल्लाहकारका रुपमा विश्वास गरेका छन् ।

दुगडकै पहलमा यसअघि २ सय ३५ जना उद्यमी व्यवसायीले बालुवाटारमा ओलीका हातबाट एमालेको टिका लगाए । अझै २६५ जना उद्यमी व्यवसायीलाई एमाले प्रवेश गराउने तयारी भैरहेको दुगड बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, नयाँ बजेटलाई पछिल्लो दशककै उत्कृष्ट बताउने दुगडसँग बजेट निर्माण, कोरोना संकटकाबीच आर्थिक पुनरुत्थान, उद्यमी व्यवसायीहरुको पार्टी प्रवेशको अन्तर्य लगायतका विषयमा सिंहदरबारले गरेको कुराकानीको सार ।

– म पदका लागि राजनीतिमा आएको होइन, १८ वर्षदेखि राजनीतिमा छु, अब ‘फुल टाइम’ राजनीतिमा लाग्छु ।

– चारै तिर चर्चा छ, यस्तो समयमा यति राम्रो बजेट आउनु चमत्कार नै हो ।

– सार्वजनिक संस्थानहरु निजीकरण नगर्ने, त्यसलाई पीपीपी मोडलमा अघि बढाउने गरि बजेटले व्यवस्था गरेको छ ।

– के झापामा बस्नेहरु नेपाली होइनन् ? त्यहाँ बजेट पठाउनु हुन्न ? झापा-मोरङमा बजेट हाल्नै हुन्न भन्ने छ र ?

– २३५ जना नाम चलेका उद्योगी व्यवसायी एमाले प्रवेश गरे । अब तीन महिना भित्र पाँच सय जनालाई एमाले प्रवेश गराउने तयारी भैरहेको छ । एक सय ५० जनाको त सूचि नै तयार भैसकेको छ ।

– यसपाली अर्थमन्त्रीले हाम्रा धेरै कुरा सुन्नु भयो, ठिक कुराहरु कार्यान्वयन पनि गर्नु भयो । अघिल्ला अर्थमन्त्री विज्ञ हुनुहुन्थ्यो । धेरै कुरा मै जान्दछु भन्नुहुन्थ्यो । त्यसैले उहाँका बजेटको आलोचना भए ।

– पार्टीहरु टुट फुटको श्रृंखला विगत देखि नै जारी छ । अहिले केपी ओलीको लहर छ । जहाँ गए पनि लाखौं मान्छे उहाँको पछि लाग्छन् ।

– संसारमा निजी क्षेत्रकै मान्छेहरुले सरकार चलाइरहेका छन्, नेपालमा पनि उद्योगी व्यवसायीले राजनीतिमा आउनुपर्छ भनेर नै म यता लागेको हुँ ।

– सरकारले उद्योग धन्दा र संस्थानहरु चलाउन सक्दैनन्, तर निजी क्षेत्रले त उद्योग राम्रोसँग चलाउँछन् ।

– अब जीवन भर एमालेमै बसेर राजनीति गर्छु, पद नपाउने वित्तिकै छोड्ने मान्छे होइन् ।

– विपक्षीहरुले पनि आलोचना नगरेको बजेट हो यो । अध्यादेशबाट किन ल्याएको भन्ने बाहेक आलोचना विपक्षीले पनि गरेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्