Shikhar Insurance

१५ अर्ब ८१ करोडको सेयर कारोबार, बजार ०.२१अंकले घट्यो, फाइनान्स कम्पनी फेरी मालामाल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । सोमबार सेयर बजार ०.२१ अंकले घटेको छ । २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता सेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँमा किनबेच भएको हो । सोमबार पनि फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । धेरै कमाउने १० कम्पनीमध्ये ९ वटा फाइनान्स कम्पनी छन् ।
आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स र पोखराका फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कामना सेवा विकास बैंकको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.९७ प्रतिशत, गुडविल फाइनान्सको ९.९६ प्रतिशत, गुर्खाज फाइनान्सको ९.९५ प्रतिशत, गुहेश्वरी मर्चेन्टको ९.९५ प्रतिशत, जानकरी फाइनान्सको ९.९५ र मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि ९.९४ प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्