Shikhar Insurance

एचआईडिसीएलको ११ अर्बको हकप्रद साउन ५ गतेदेखि

सिंहदरबार संवाददाता
२०७८ असार १८, शुक्रबार ०९:०५
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसीएल)को ११ अर्बको हकप्रद सेयर साउन ५ गतेदेखि बिक्रि खुला हुने भएको छ । कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते बुकक्लोज गरेको थियो। अर्थात जेठ २७ गतेसम्म एचआइडीसीएलको सेयर खरिद गरेका लगनीकर्ताहरुले हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक बनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एचआईडीसीएललाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ। हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ कायम हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्