Shikhar Insurance

फर्स्ट माइक्रोफाइनान्सले कति कमायो एक वर्षमा ? यस्तो छ विवरण

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार ०९:२२
NIMB
Nabil Bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा त्यस्तो नाफा १३ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले चालु आवमा आफ्नो नाफा १.२९ प्रतिशतले बढाउन सफल भएको देखिन्छ ।

फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिएर ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीले २२ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको देखिन्छ । १६.१४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ भने १३१.९५ रुपैयाँ रहेको छ । कम्पनीको कस्ट अफ फण्ड भने ५.३६ प्रतिशत मात्रै रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्