Shikhar Insurance

साहस उर्जाको ७० करोडको आईपीओ असोज ६ गतेदेखि

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार ०९:२५
NIMB
Nabil Bank

काठमाडौं । साहस उर्जा लिमिटेडको ७० करोड रुपैयाँ बराबरको आईपीओ असोज ६ गतेदेखि आउने भएको छ । एक सय रुपैयाँ मूल्य अंकित ७० करोडमध्ये ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

६४ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ । सो शेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम १० लाख ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्