Shikhar Insurance

करिब दर्जन वाणिज्य बैंकले आज–भोलि नै लाभांश घोषणा गर्दै, कुन बैंकले कति दिँदैछन् ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । दर्जन बढी वाणिज्य बैंकले आजभोलि नै लाभांश घोषणा गर्ने भएका छन् । राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरी प्रारम्भिक स्वीकृतका पर्खाइमा रहेका वाणिज्य बैंकहरुले यो साता भित्रै लाभांश घोषणा गर्न सक्छन् ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरिवेक्षणमा अन्तिम लेखा परिक्षण गराएपछि वित्तीय विवरण पेश गर्नु पर्ने हुन्छ । जसमा सम्बन्धित सुपरिवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृत दिन्छ । सो स्वीकृत पाएमा मात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

घोषित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र साधारण सभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ ।

यसरी राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरी प्रारम्भिक स्वीकृतिका लागि नेपाल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, एनआइशी एशिया, नबिल बैंक, बैंक अफ काठमाण्डू, एभरेष्ट, र लक्ष्मी बैंक पर्खाइमा छन् ।

यसअघि नै राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृत पाएर सानिमा बैंकले १७.८९ प्रतिशत, सिटिजन्स बैंकले १६ प्रतिशत, कुमारी बैंकले ८.६७ प्रतिशत, नेपाल इन्भेष्टमेण्टले १६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १३.०६ प्रतिशत र माछापुच्छ्रे बैंक १४ प्रतिशत लाभांश समेत घोषणा गरिसकेका छन् । अहिले लाभांश स्वीकृतको लागि आएका बैंकहरुलाई समेत दसैंपछि मात्र अनुमति दिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीयमा प्रारम्भिक स्वीकृतका लागि पुगेका दर्जन बढी वाणिज्य बैंकले दसैं आघि नै लाभांश घोषणा गर्ने भएका हुन ।

घोषित लाभांश भने लगानीकर्ताले दसैंपछि मात्र पाउने प्रष्ट देखिन्छ । अहिले प्रारम्भिक स्वीकृत पाएर गत वर्षको नाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेका बैंकलाई पनि अन्य प्रक्रिया पुरा गर्न करिब १ महिना समय लाग्छ ।

कुन बैंकले कति लाभाशं दिँदै ?
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उनीहरुको लाभांश क्षमता निम्नअनुसार रहेको छ । तर, राष्ट्र बैंकले भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आवसम्मकै नाफामा गणना गर्ने सुविधा दिएको हुँदा उल्लेखित लाभांशमा केही प्रतिशत थपघट हुन सक्छ ।

नेपाल बैंक : बैंकले गत आवमा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २७.६७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

एभरेष्ट बैंक : गत आवमा बैंकले २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २६.४७ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

हिमालयन बैंक : गत आवमा बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले २०.३१ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

एनआइसी एशिया बैंक : गत आवमा बैंकले १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ हो । जसअनुसार गत आवको नाफाबाट बैंकले १६.६२ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नेपाल बंगलादेश बैंक : बैंकले गत आवमा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १६.३८ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ ।

बैंक अफ काठमाडौं : बैंकले गत आवमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.६७ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ ।

सिद्धार्थ बैंक : बैंकले गत आवमा १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.११ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ ।

लक्ष्मी बैंक : बैंकले गत आवमा १ अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ९.३८ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ ।

कुमारी बैंक : बैंकले गत आवमा १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.८८ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ ।

नबिल बैंक : बैंकले गत आवमा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । हाल बैंकको कायम चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ हो । जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई करिब ३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्