Shikhar Insurance

सर्वसाधारणको हातमा पुग्यो ७ खर्ब बढी रूपैयाँ, नयाँ नोटले ३८ अर्ब थप

सिंहदरबार संवाददाता
२०७८ आश्विन २६, मंगलवार १२:००
NIMB
Nabil Bank

काठमाडौं । दसैंमा सर्वसाधारणले ३८ अर्ब बढी रुपैयाँ नयाँ नोट सटही गरेका छन् ।

लक्षित गरी गत राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट सटही सुरु गरेको थियो । सार्वजनिक बिदाको दिन बाहेक असोज २५ गतेसम्म साना तथा ठुलादरका गरी ३८ अर्ब १० करोड रुपैयाँ नयाँ नोट सटही भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ नोटमा साना दरमा १३ अर्ब रुपैयाँ र ठुलादरका २५ अर्ब रुपैयाँ सर्वसाधारणले सटही गरेका हुन् । नयाँ नोट सटहीमा राष्ट्र बैंकले ५, १०, ५० र १०० दरका नोटमात्र राखेको थियो । ५०० र १००० दरका ठुला नोटहरु भने नयाँ तथा सुकिला नोट नै सटही गरेको हो ।

जसमा ठुलादरका नोट नै २५ अर्ब रुपैयाँ सटही भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भदौ २८ गतेदेखि असोज २५ गतेसम्म नयाँ नोट वितरण गरेको थियो । यसबीच साना तथा ठुलादरका गरी ३८ अर्ब रुपैयाँ नोट सटही भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले जानकारी दिए ।

‘नयाँ नोट भनेर सानादरका नोटमात्र सटही भएका छन्, ठुलादरका नोट नयाँ सुकिला दुवै सटही भए । जसमा सानादरका नयाँ नोट १३ अर्ब रुपैयाँ र ठुलादरका नोट २५ अर्ब रुपैयाँ सटही भयो,’ कार्यकारी निर्देशक नेपालले सिंहदरबारसँग भने, ‘दसैंका लागि नयाँ नोट वितरण शुरु भएपछि नै ३८ खर्ब रुपैयाँले नोटको सर्कुलर बढेको छ ।’

गत वर्षको असोजमा ५ खर्ब ६३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा थियो । हाल ७ खर्ब १० अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए ।

गत वर्षको दसैमा केन्द्रीय बैंकले कोरोना संक्रमणका कारण नयाँ नोट सटही गरेको थिएन । दसैको शोभा बढाउने नयाँ नोट सर्वसाधारणले सटही गर्न नपाउँदा गुनासो बढको कारण यस वर्षभने न्यूनतम स्वास्थ्यको मापदण्ड पुरा गर्दै सटही सुविधा प्रदान गरेको हो ।

अघिल्लो वर्ष दसैंमा १० अर्ब रुपैयाँ बराबरको मात्र नयाँ नोट सहटी भएको थियो । यस वर्ष भने गत वर्षको नपाएको कारण पनि यस पटक जनताले बढी नयाँ नोट सटही गरेको उनको अनुमान छ ।

राष्ट्र बैंकले सबै प्रादेशीक कार्यालयहरुबाट नयाँ नोट सटही गरेको थियो । यस पटक राष्ट्र बैंकले साना र ठूला दरका नोट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँ सटही गरेको थियो । संस्थागत प्रयोजनका लागि भने २ करोडदेखि ५ करोड रुपैयाँसम्म नयाँ तथा सुकिला नोट सटही सुविधा पाएका थिए ।

दसैंमा नयाँ नोट सटहीका लागि भनेर राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरका नयाँ नोट स्टकमा राखेको थियो । दसैं लक्षित १५ अर्ब रुपैयाँ साना दरका नोट गरी कुल ४० अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट बजारमा जाने अनुमान राष्ट्र बैंकको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्