Shikhar Insurance

बम्पर ३८% लाभांश पारित गर्दै नबिलको साधारणसभा सम्पन्न, हालसम्म तिरिसक्यो १६ अर्ब रुपैयाँ कर

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १८:२१
NIMB
Nabil Bank

काठमाडौं । ३८ प्रतिशत लाभांश पारित गर्दै नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय कार्यालय, दरवारमार्गमा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ % लाभांश (३३.६० % बोनस सेयर र ४.४० नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आ.व. २०७७/७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ४ अर्ब ५३ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रतिसेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्‍याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौडेलले नबिल बैंकले नेपालको बैंकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएकोमा समस्त नबिल परिवार गौरवान्वित रहेको र देशको ठुलोसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा बैंक केन्द्रित रहेको एंव संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई बैंकले उच्च प्राथमिकतामा राखेको बताए । बैंकले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ, क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत यनले बताए ।

यसै गरी सभाले आ.व. २०७८/७९ (२०२१/२२) को लागि वाह्य लेखापरीक्षक नियुक्त गरेको छ । सभाले संस्थापक सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ (दुई) का लागि उदय कृष्ण उपाध्याय र एनबी (ईन्टरनेसनल) लाई प्रतिनिधित्व गर्दै उपेन्द्र प्रसाद पौडेल लाई निर्बिरोध निर्वाचित गरेको छ ।

साथै, आजै सम्पन्न बैंक संचालक समितिको ५८८ औं वैठकले संचालक समितिको अध्यक्षमा पुन उपेन्द्र प्रसाद पौडेललाई चयन गरेको छ । पौडेल २०७४ मंसिर १५ देखि बैंक संचालक समिति एनबी (इन्टरेनसनल)लाई प्रतिनिधित्व गर्दै आएकामा आजै सम्पन्न साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा एनबी (इन्टरेनशनल)लाई प्रतिनिधित्व गर्दै निर्विरोध निर्वाचित भएका हुन् ।

बैंकले स्थापनाकाल देखि हालसम्म १६ अर्ब भन्दा बढी रकम देशको राजस्वमा योगदान गरिसकेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्