Shikhar Insurance

बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ गठबन्धनमा सहमति

सिंहदरबार संवाददाता
२०७८ माघ ४, मंगलवार १२:५७
NIMB
Nabil Bank

काठमाडौं । सत्तारुढ पाँच दलिय गठबन्धनले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने समझदारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन सम्वद्ध दलहरुको बैठकले बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे अनौपचारिक समझदारी गरेको हो ।

नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव भने बैठकमा सहभागी थिएनन् । निर्वाचन आयोगले पनि बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी थाल्न सरकारलाई सुझाव दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्