Shikhar Insurance

नेप्से परिसूचकले लगानीकर्तालाई दिलायो आशा, झिनो अंकले बढ्यो सेयर बजार

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ४, बुधबार १७:५१
NIMB
Nabil Bank

काठाडौं । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । निर्वाचन पछि दोस्रो कारोबारको दिन नेप्से परिसूचक ८.९० अंकले बढेर २२ सय ७४.४२ को विन्दुमा आएको हो । त्यस्तै ठूला कम्पनीका सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.४१ अंकले बढेर ४४१.०९ को विन्दुमा आएको छ । अघिल्लो दिन नेप्से परिसुचकमा ८४ अंकको पहिरो गएको थियो ।

बुधबार कारोबारको सुरुदेखि घटेको नेप्से कारोबारको अन्तिम चरणमा भने लगानीकर्ताहरुलाई झिनो आशा देखाएर बन्द भएको छ । आज २२७ स्टकको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी समुहगत उपसूचकहरु ८ वटा बढ्दा ५ वटा भने घटेका छन् ।

बुधबार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रो पावर शिर्ष स्थानमा रहेको छ । यस कम्पनीको ५ करोड ३८ लाख ३० हजार रुपैयाँ बराबरको खरिदबिक्री भए । त्यस्तै जाल्पा सामुदायिक लघुवित्त ४ करोड ९५ लाख १९ हजार, हिमालयन डिस्टिलरी ४ करोड ३९ लाख ५९ हजार, नेपाल जीवन बीमा ३ करोड ९० लाख ४३ हजार र अरुण काबेली पावर लिमिटेड ३ करोड ६२ लाख ८२ हजार रुपैयाँ कारोबार सहित शिर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सबै भन्दा बढी राधी विद्युत कम्पनीले ६.०२ प्रतिशतले कमाएका छन् ।

बुधबार कारोबारमा आएका १२७ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्