Shikhar Insurance

पैसाले धनी भइन्न, ५०–६० हजारको सरकारी जागिर नखानुस्- केपी ओली

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार ०९:०२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताएका छन् । किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताए । पूर्वप्रधानमन्त्री किसान नेताले उत्पादनको लक्ष्य राखेर काम गर्नुपर्ने बताए। उनले किसान नेताले किसानको जीवनमा परिवर्तन ल्याउनुपर्ने बताए ।

किसान नेताहरूले भाषणमा सुनेर मात्र नभएर काम गर्नुपर्ने धारणा उनको थियो । “देखिने प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्दछ,” उनले भने, “मेलै बिरुवा बढाए नि भन्दा देखिनु प¥यो ।”

Citizen Life
Kumar Bank
Nepal Life

रोजगारीको अभाव र कमीले देशबाहिर गएका भन्दै उनले मानिसलाई रोजगारी मात्र नदिएर उद्यमशीलता बनाउनुपर्ने उनको भनाइ रहेको थियो । “रोजगारीका समस्या समाधान गर्ने हो भने रोजागरीका अवसर सिर्जना गरेर नभई रोजगारीका अवसर व्यक्तिले सिर्जना गर्नुपर्दछ । व्यक्ति आफूमा व्यावसायिकको विकास गर्नसक्नुपर्दछ,” उनले भने, “व्यक्तिलाई व्यावसायिक हुनका लागि सहयोग गर्नुपर्दछ ।” उनले राष्ट्रका अरू विविध क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने मात्र नभई व्यावसायिकताको सिर्जना गर्नुपर्ने बताए ।

उनले रोजागरीको मात्र सिर्जना गरेर बेरोजगारी हटाउने समस्या र गरिबी निवारण गर्न नसक्ने भन्दै व्यावसायिक सिर्जना गर्नुपर्ने बताए । उनले हरेक मान्छे व्यवसायी हुन सक्नुपर्ने र व्यावसायिकताको सिर्जना गर्न सक्ने हुनुपर्ने बताए ।

“सरकारले जागिर दिन्छु भनेर खाने मान्छे नपाइने होस् । ५०–६० हजारको जागिर के खाने ? बरु म महिनाको चार–पाँच लाख रुपियाँ तरकारी खेतीबाट निकाल्छु । तिम्रो ५०–६० हजारको जागिर खान को आउने भनून् न पढेलेखेको मान्छेहरूले । त्यो हामी व्यावसायिकताको विकास सुरु गरेर गर्न सक्छौँ,” उनले भने ।

पैसा भएर विकास हुने नभई विकास गरेर धनी भइने उनको भनाइ थियो । कुनै पनि देश धनी भएर विकास नगरेको भन्दै विकास गरेर मात्र धनी भएको बताए । “हामीले देख्दादेख्दै चीन गरिबी थियो । अहिले चीन धनी छ । त्यो विकास गरेर भएको हो,” उनले भने, “हामीले विकास गर्नुपर्दछ धनी हुन्छौँ । धनी हुन बाटो विकास हो ।” रासस

GBIME

प्रतिक्रिया दिनुहोस्