Shikhar Insurance

५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाउने हिम्मत गर्नुपर्छः एनआरएन पूर्व उपाध्यक्ष साह

सिंहदरबार संवाददाता
२०७९ श्रावण १५, आईतवार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । गैर आवासिय नेपाली संघ(एनआरएन)का पूर्व अध्यक्ष रामेश्वर साहले पाँच सय र एक हजार दरका नोटहरु प्रतिबन्ध लगाउनुपर्ने धारणा अघि सारेका छन् । उनले लुकाएर राखिएको कालोधनलाई निष्कृय बनाउने सबै भन्दा सरल उपाय नै नोटको परिवर्तन अर्थात डिमोनिटाइजेशन हो भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई त्यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवाले डिमोनिटाइज गर्ने हिम्मत देखाउनुपर्ने पनि बताएका छन् । तर अहिलेका कुनै पनि दल र नेताहरुले डिमोनिटाइज गर्ने हिम्मत गर्नै नसक्ने ठोकुवा पनि उनले गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्