Shikhar Insurance

ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १३:१९
NIMB
Nabil Bank

कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने २ लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट ११ करोड ५२ लाख ४३ हजार रुपैयाँ, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट ४ करोड ९५ लाख ७५ हजार रुपैयाँ तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट ३ करोड २० लाख रुपैयाँ राजस्व असूल गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख रुपैयाँ, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार रुपैयाँ र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार रुपैयाँ दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्