Shikhar Insurance

बोर्डद्वारा स्टकलाई लाइसेन्स र वैदेशिक रोजगारीका नेपालीलाई आइपीओमा कोटा दिने नियमावली जारी

नियमावलीकाे पूर्णपाठ सहित
सिंहदरबार संवाददाता
२०७९ भाद्र २७, सोमबार २१:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स वितरण गर्न र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साधारण सेयर आइपीओ) मा कोटा दिने गरी २ वटा नियमावली संसोधन गरी जारी गरेको छ । सोमबार बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ र धितोपत्र दर्ता तथा निष्काशन (छठौं संशोधन) नियमावली, २०७९ जारी गरेको हो ।

गत साताको मन्त्रिपरिषदको बैठकले पास गरी अर्थमन्त्रालयमार्फत् बोर्ड पठाइएको ३ वटा नियमावलीमध्ये २ वटा कार्यान्वयनका लागि जारी भएका हुन् । भने्, स्टक डिलर, फुल फेज ब्रोकर (मर्चेन्ट बैंकर) र डिस्काउन्ट ब्रोकरलाई खुला प्रतिस्पर्धाबाट लाइसेन्स दिने तथा पुरानाको चुक्ता पुँजी वृद्धि गर्ने धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा त्रितोपत्र व्यापारी) नियमावली, २०६४ चौथो संशोधन भने क्याबिनेटले पास गरेपनि कार्यान्वयनको लागि बोर्डले जारी गर्ने प्रक्रियामै रहेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जारी नियमावलीअनुसार अव नयाँ आउने स्टकको चुक्ता पुँजी ३ अर्ब रुपैयाँको हुनेछ भने निजी तथा संगठित संस्थाहरुले १५/१५ प्रतिशत गरी ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारणमा आइपीओ जारी गर्नुपर्ने उल्लेख छ । नयाँ स्टक संचालमा आएको कम्तीमा २ वर्षभित्रै ३० प्रतिशत आइपीओ जारी गर्नु पर्नेछ ।

नयाँ स्टकको संस्थागत सेयरधनी हुन अन्य धितोपत्र व्यवसायी संस्थाको पदमा आसीन नभएको वा पदबाट हटेको ६ महिना बढी भएको हुनुपर्नेछ । साथै, कर्जा सूचना केन्द्रको कालो सूचीबाट हटेको वा भष्ट्रचार, बैंकिङ कसुर, जालसाजी, ठगी सम्पत्ती शुद्धिकरण तथा अन्य कारवाहीमा परेको ६ महिना पुरा भएको हुनुपर्नेछ । साथै, नयाँ स्टकले अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त धितोपत्र कारोबारीसँग सहकार्य गर्न वा प्राविधिक सहयोग लिन सक्नेछ । तर, यसको लागि नेपाल सरकारको सहमति लिनुपर्नेछ ।

नयाँ स्टकको कार्यकारी अधिकृत (सीइओ) वाणिजय शास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै संचालक हुनको लागि पनि तोकिएको विषयमा कम्तीमा स्नोतकोत्तर उत्र्तीण गरेको हुुनुपर्नेछ ।

वैदेशिक रोजगारीमा जाने नेपालीलाई आइपीओमा कोटा
धितोपत्र बोर्डद्वारा सोमबार जारी नियमावलीमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई साधारण सेयर (आइपीओ) मा कोटाको व्यवस्था गर्ने नियमावली पनि रहेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९ जारी गरेको हो ।

जसअनुसार संगठित संस्थाहरुद्वारा जारी गर्ने आइपीओेमा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि १० प्रतिशत छुट्याउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यस्तो कोटामा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति लिएको बैंक वा वित्तीय संस्था तथा रेमिट्यान्स बचत खातामार्फत् मात्र भुक्तानी गर्न पाउने छन् । यदी यस्तो कोटामा आवेदन नपरेमा कम्पनीहरुले यस्तो सेयर सर्वसाधारण समुहमै थप गरी जारी गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्