Shikhar Insurance

एकीकृत समाजवादीमा प्रवेशको लहर, कलम छापका उम्मेदवार श्रेष्ठ थप शसक्त बन्दै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ (क) मा कलम छापको उम्मेदवार बालकृष्ण श्रेष्ठको लहर छाएसँगै अन्य पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेको संख्या थपिंदै गएको छ । यसैक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का दर्जनौं नेता कार्यकर्ताहरु नेकपा (माओवादी) केन्द्र परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

यसरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुमा दिपेन्द्र दास थारु, अनिल चौधरी, किरण चौधरी, वीरेन्द्र चौधरी, रवि विक, सुरज चौधरी, अकलेश चौधरी, मुकेश चौधरी, सनि चौधरी, उपेन्द्र चौधरी, धिरज चौधरी, विकासचन्द्र चौधरी र सोमबहादुर रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी चन्द्रपुर वडा नम्बर २ का विक्रम अलि, दिपेन्द्र बानियाँ, फुलमाया कुँवर, अनिल चौधरी, बेनि लुङ्गली, श्यामबाबु मगर, तिलक आले, र फत्त दर्लामी र तथा चन्द्रपुर १ का मुरली श्रेष्ठ पनि एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीका नगर अध्यक्ष बाबुराम दाहालले जानकारी दिए । यसरी अहिले एकीकृत समाजवादीमा ठाउँठाउँबाट प्रवेशको लहर नै चलेको छ ।

पछिल्लो समय पार्टीप्रति बढ्दो आकर्षणले मंसिर ४ गते हुन लागेको निर्वाचनमा कलम छापको उम्मेदवार श्रेष्ठको जीतलाई सुनिश्चित बनाउँदै लगेको दाहालको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्