Shikhar Insurance

यस वर्ष गणपति लघुवित्तले लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार ११:५३
NIMB
Nabil Bank

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष लगानीकर्ताहरुको हात खाली बनाएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले अघिल्लो आवमा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्तको माघ १२ गते दिउसो ५ः०० बजे बसेको सञ्चालक समितिको १००औं बैंठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्