Shikhar Insurance

पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्छः पूर्व प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता गरेका छन् । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उनीहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री दाहालले भने, “उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौँ र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौं । सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ । सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौ ।”

Citizen Life
Kumar Bank
Nepal Life

भेटवार्तामा अध्यक्ष ओलीले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएकाे ओलीका सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्