Shikhar Insurance

दुई लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बीमा प्राधिकरणको निर्णय

सिंहदरबार संवाददाता
२०७९ चैत्र २७, सोमबार ०८:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बिराटनगर कार्यालय रहेको गार्डियन माइक्रो लाइफ र भरतपुर चितवनमा कार्यालय रहने नेपाल माइक्रोलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

यी दुबै कम्पनीका मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरु हुन् । गार्डियन माइक्रो लाइफको अध्यक्ष प्रहरीका पूर्व हाकिम विज्ञानराज शर्मा छन् भने नेपाल माइक्रोको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा छिन् । गार्डियनले चिरायु भण्डारीलाई सिईओ प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लघु बीमा कम्पनी स्थापनाका लागि आवश्यक पर्ने पुँजी जुटाएर पूर्वाधार तयार गरेपछि यी दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् । आगामी ६ महिनाभित्र सेवा आरम्भ गरिसक्नुपर्ने सर्तसहित लाइसेन्स दिईएको हो ।

प्राधिकरणले ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरि लघु जीवन बीमाको लाइसेन्स आव्हान गरेको थियो । जसमध्ये जीवन र निर्जीवन गरि सात वटा कम्पनीलाई आसय पत्र(एलओआई) दिने निर्णय गरिसकेको थियो । सोही आसय पत्रपछि पुँजी र पूर्वाधार तयार पारेका दुई कम्पनीले लाइसेन्स प्राप्त गरेका हुन् ।

चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स

लघु बीमा कम्पनीका लागि ३१ आवेदन, नामावली सहित

‘गरिब र पिछडिएको क्षेत्रमा जानेलाई लघु बीमाकाे लाईसेन्स दिन्छौं’-अध्यक्ष सिलवाल

GBIME

प्रतिक्रिया दिनुहोस्