Shikhar Insurance

दोल्ती पावर कम्पनीको आईपीओ बिक्री खुला, कहिलेसम्म आवेदन दिन सकिने ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र २८, मंगलवार १२:५२
NIMB
Nabil Bank

काठममाडौं । दोल्ती पावर कम्पनीले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीको हाल कायम जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको सेयरमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ । ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। भने बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपीओ निष्काशन बन्द छिटोमा २०८० वैशाख ३ गते हुनेछ भने ढिलोमा वैशाख १२ गते हुनेछ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्