नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १६:१२

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।

सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्