Shikhar Insurance

टेलिकमको व्यक्तिगत प्याकेजमा प्रमोसनल अफर, अब २० एमबीपीएसकाे मूल्यमा ५० एमबीपीएसकाे इन्टरनेट

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १५:२९
NIMB
Nabil Bank

काठमाडाैं । नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रमोसनल अफर उपलब्ध गराउने भएको छ।

यस अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रुचि देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्ने गरी व्याण्डविथमा बढोत्तरी गरिएको टेलिकमको भनाइ छ।

Citizen Life
Kumar Bank
Nepal Life

सेवाग्राहीहरूको रुचि र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो।

यस अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेकाका सेवाग्राहीले सोही मूल्यमै २५ एमबिपिएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्नेछन्।

यसैगरी, ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले सोही मूल्यमा अबदेखि १०० एमबिपिएसको सेवा प्राप्त गर्नेछन्। हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीहरूलाई पुरानै दरमा १५० एमबिपीएस गतिको सेवा उपलब्ध हुनेछ।

यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसीलाई समेत बढोत्तरी गरिएको कम्पनीको भनाइ छ। साथै हाल ३० एमबिपिएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिदा दैनिक ३०० एमबी डेटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ।

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *१४१६# डायल गर्नुपर्ने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्