Shikhar Insurance

एआईको साथमा उद्योगलाई पुन: आकार दिँदै ह्वावे क्लाउड

सिंहदरबार संवाददाता
२०८० कार्तिक १४, मंगलवार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । ह्वावे कनेक्ट २०२३ मा, ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले कसरी “साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्छ”भन्ने बारेमा चर्चा गरेका छन् । आफ्नो मन्तव्यका क्रममा काङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउदै भरपर्दो, स्केलेबल एआई कम्प्युटिङ पावरको लागि एससेन्ड एआइ क्लाउड सेवाको घोषणा गरेका छन् ।

एससेन्ड मोडल समुदाय र डेभलपर संस्थामा सामेल हुनासाथ साझेदार र विकासकर्ताहरूलाई सशक्तिकरण गर्न र इकोसिस्टमको थप वृद्धि गर्न प्रभावकारी हुनेछ । “ह्वावे क्लाउडले सबै प्रकारका आधारभूतमोडलहरू अँगाल्न साथै विश्वव्यापी साझेदारहरू र डेभलपरहरूलाई संलग्न गराउन पूर्ण इकोसिस्टम निर्माण गरेको छ” उनले भने, पंगु मोडलहरूमा नयाँआविष्कार गरौं र एआईको प्रयोग गर्दै उद्योगहरूलाई पुनःआकार दिऔं । ५ लाख डेभलपर र ४२ हजार साझेदारहरू ह्वावे क्लाउड इकोसिस्टममा सामेल भएका छन् भने १० हजारभन्दा बढी एप्लिकेसनहरू ह्वावेको क्लाउड मार्केटप्लेस कूग्यालरीमा जारी गरिएका छन् । त्यस्तै २१ हजारभन्दा बढी ग्राहकहरूले पंगु पिओसी परीक्षणको लागि आवेदन दिएका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा मन्तव्य दिदै हुवावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले भने, ‘एससेन्ड एआइ क्लाउड सेवाले ठोस कम्प्युटिङ आधारशीला बनाउँछ । यसले बहुमुखीपूर्वाधार, असाधारण प्रदर्शन र विविध स्रोतहरूसहित साझेदारहरू र डिभलपरहरूलाई मोडल माइग्रेसन र प्रशिक्षणमा सशक्त बनाउछ ।’ उनले भने, ‘विशेष गरी यसमा मुख्यधाराकाएआई इन्जिनहरू (जस्तै माइन्डस्पोर, ह्वावेको गहिरो सिकाइतालिम र अनुमान ढाँचा) सामेल गरिएको छ । त्यसैले डेभलपरहरूले आफ्नाअत्याधुनिक स्टेट अफ द आर्ट (यसओटिए) मोडेलहरू वाअन्यमोडलहरूलाई एससेन्डमा ट्रिलियन प्यारामिटका साथ प्रशिक्षित मोडेलहरूसहित स्थानान्तरण गर्न सक्छन् ।’

ह्वावे क्लाउडले डेभलपरहरूमाध्यान केन्द्रित गरी खुलाग्लोबल इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ र ह्वावे क्लाउड मोडल कम्युनिटी यसको प्रमाण हो । यसमा डेभलपरहरूले गुणस्तर डेटासेटहरू, परिष्कृत स्टेट अफ द आर्ट मोडेलहरू, एआई क्षमताहरू, डेभलपर किटहरू, पाठ्यक्रम र प्राविधिक सहयोगमापहुँच पाउँछन् । ह्वावे क्लाउडले डेभलपरहरूलाई पनिउच्चदक्षताको यात्रामा लैजान्छ । फाउन्डेशनमामोडल र क्लाउड नेटिभ पाठ्यक्रमहरू ह्यान्ड–अन अनुभवका साथ प्रमाणित र मान्यताप्राप्त गर्ने मौकाको बनाइएका छन् ।

एक सम्पन्नइकोसिस्टम सिर्जना गर्न ग्राहकहरू र साझेदारहरूको संयुक्तप्रयास पनि आवश्यक छ । ह्वावे क्लाउडले १५० भन्दा बढी साझेदारहरू र २०० भन्दा बढी ग्राहकहरूसँग पंगु एलओ फाउन्डेसन मोडेलहरूमा २० भन्दा बढी उद्योग मोडेलहरू र ४ सयभन्दा बढी एआई एप्लिकेसनको विकास गरेको छ । यी उपलब्धिहरूले सबै उद्योगहरूमा थप सम्भावनाको संकेत गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्