Shikhar Insurance

तीन आर्थिक पत्रकार पुरस्कृत

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार १५:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा तीन आर्थिक पत्रकार पुरस्कृत भएका छन् भने नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । राजधानीको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा समसामयिक आर्थिक विषयमा छलफलसमेत आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो । जर्नलको बिमोचन अर्थमन्त्री डा. प्रकाश शरण महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्त रुपमा गरे । जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो ।

Citizen Life
Kumar Bank
Nepal Life

योजना निर्माण कसरी गर्ने भन्ने सुझावसमेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरावलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष मोदनाथ ढकालले बताए ।
वार्षिकोत्सवको अवसरमा १ लाख राशीको नेपालकै सबैभन्दा ठूलो आर्थिक पत्रकारिता पुरस्कार ‘शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ १ जनालाई र ५०–५० हजार राशीको सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार तथा सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई पुरस्कृत गरिएको छ । १ लाख राशीको पुरस्कार बैंक तथा बीमा विज्ञ रमेशकुमार भट्टराईले आफ्नो मातापिताको नाममा र थप दुई बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको सहकार्यमा प्रदान गरिएको हो ।

१ लाख राशीको शारदादेवी ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठले प्राप्त गरेका छन् । श्रेष्ठले नेपालमा बनेको यात्री मोटरसाइकल दर्ता नभएको विषयमा समाचार सम्प्रेषण गरेका थिए । स्वदेशी उत्पादन यात्रीलाई राज्यले प्रोत्साहन नगरेको मर्मसहित सम्प्रेषित समाचाले नेपालमा व्यावसायिक वातावरण निर्माण तथा नयाँ व्यवसाय सञ्चालनका सम्बन्धमा देखिएका नीतिगत विषयलाई सम्बोधन गरेका पुरस्कार छनोट समितिको ठहर छ ।

राशीको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिकता पुरस्कार केटीएम भ्वाइस डटकमका पत्रकार रोयल आचार्य र सिबिफिन–नाफिज आर्थिक पुरस्कार विकासन्युज डटकमका सन्तोष रोकायलाई प्रदान गरिएको छ । पत्रकार आचार्यले सुपर लघुवित्त घोटाला प्रकरणको उजागर गरेका थिए भने रोकायाले भारतीय रुपैयाँले सीमापार व्यापार र अर्थतन्त्रमा पारेको प्रभावको विषयमा समाचार लेखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्