Shikhar Insurance

हिमालयन-इन्भेस्टमेन्ट मर्जरलाई दुवै बोर्डको स्विकृति, एकसाताभित्र एमओयू

सिंहदरबार संवाददाता
२०७८ बैशाख २४, शुक्रबार २०:२७
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जरमा जाने टुंगो लागेको छ । दुवै बैंकको सञ्चालक समिति वैठकले सम्झौतापत्रको मस्यौदा पारित गर्दै बिग मर्जरमा जान स्वीकृति दिएका हुन् ।

इन्भेस्टमेन्टको बुधबार र हिमालयनको आज बसेको बोर्ड वैठकले मर्जरको टुंगो लगाएको हो । दुई बैंकबीच मर्जरको एमओयू (सहमतिपत्र)मा अर्को साता हस्ताक्षर हुनेछ । स्रोतका अनुसार सम्झौतापत्रमा आइतबार नै हस्ताक्षर हुन पनि सक्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना भाइरसको दोस्रो लहरले प्रभाव पारे एमओयूमा हस्ताक्षर कार्यक्रम केही दिन लम्बिने बताइएको छ ।

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर कमिटीमा एक साताअघि सहमति जुटेको थियो । दुई बैंकको संयुक्त मर्जर कमिटीले मर्जरमा जाने सहमति गरेको थियो ।

कमिटीले स्वाप रेसियो, नाम, सञ्चालक समिति, टप म्यानेजमेन्ट तथा कर्मचारीबारे विषय टुङ्ग्याइ सकेको छ । उनीहरूले एमओयूको मस्यौदालाई अन्तिम रूप दिइसकेका छन् । सञ्चालक समितिको वैठकले अनुमोदन गरेपछि मर्जरको मस्यौदा पारित भएको हो ।

मर्जरपछि बन्ने बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक हुने बताइएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने पक्का भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् । बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् ।

हिमालयन र इन्भेस्टमेन्ट १ बराबर १ को स्वापमा मर्जरमा जान लागेका हुन् । नयाँ बैंकको चुक्तापुँजी करिब २७ अर्बको हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्