Shikhar Insurance

यस्तो थियो, अध्यक्ष ढुंगानालाई पदमुक्त गर्न अर्थ मन्त्रालयले लेखेको पत्र (आरोपसहित)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानालाई मुलतः दुई आरोप लगाएर पदमुक्त गरेको पाइएको छ । अर्थ मन्त्रालयले ढुंगानालाई ५१ कम्पनीको सूची सार्वजनिक गरेको र छोरीको नाममा सेयर खरिद गरेको भन्दै पदबाट हटाएको हो ।

मन्त्रालय स्रोतबाट सिंहदरबारलाई प्राप्त पत्रअनुसार ढुंगाना ५१ कम्पनीको सूची सार्वजनिक गर्ने क्रममा बोर्ड सञ्चालक समितिको निर्णय अुनसार गएका थिएनन् भने उनैले छोरीको खातामा पैसा जम्मा गराएर ७ सय ५० रूपैयाँ पर्ने सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता २ सय ५० मा खरिद गरेको आरोप अर्थको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ढुंगानाले असोज १७ गते पेश गरेको सफाइ चित्त नबुझ्दो भएपछि अर्थकै सिफारिसमा मन्त्रिपरिषदले असोज १९ गते बोर्ड अध्यक्षबाट पदमुक्त गरेको थियो ।

यसअघिः पुनर्वहालीको माग गर्दै बोर्डका निलम्बित अध्यक्ष पुगे सर्वोच्च

यस्तो छ, ढुंगानालाई पदमुक्त गरेको जानकारी गराउन अर्थ मन्त्रालयले काटेको पत्रः

GBIME

प्रतिक्रिया दिनुहोस्