Shikhar Insurance

बैंकहरुले फिर्ता लिए ८ अर्बको सेयर धितो कर्जा, अर्द्धवार्षिक समीक्षाले ४/१२ सीमा हटाउला ?

वाणिज्य र विकास बैंकले घटाउँदा वित्त कम्पनी धमाधम सेयर धितोमा राखेर मार्जिन प्रकृतिको कर्जा थप्दै
सिंहदरबार संवाददाता
२०७८ माघ ५, बुधबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा सम्मुखैमा छ । पुस मसान्तसम्मको समग्र आर्थिक तथा वित्तीय परिसूचक अध्ययन विश्लेषण गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्ने गर्छ ।

दोस्रो त्रैमासिकको (अर्द्धवार्षिक) मौद्रिक नीति समीक्षामा पनि चासोको विषय सेयर धितो कर्जा हुनेछ । सेयर बजार र कर्जा विस्तारसँग जोडिएको यो विषयमा खुकुलो बनाइदिने अपेक्षा लगानीकर्ताको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकले गत साउन अन्तिममा आव २०७८/७९ को मौद्रिक नीति ल्याउँदै सेयर धितो कर्जामा ४/१२ करोडको सीमा लगाएको थियो । जसअनुसार एकाघरको एक जना वा एउटा कम्पनीले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र पुरै बैंकिङ इन्डष्ट्रिबाट १२ करोड रुपैयाँ सम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउँछन् ।

बैंक तथा वित्त कम्पनीले २०७९ असार मसान्तसम्म यो सीमा कायम गरिसक्नुपर्छ । साउन अन्तिमा सेयर धितो कर्जामा लगाम लगाइएसँगै बैंक तथा वित्त कम्पनीले मार्जिन प्रकृतिको कर्जा फिर्ता लिन थालेका छन् ।

यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे

केन्द्रीय बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा दिएकामा ४ महिना अर्थात् मंसिर मसान्तसम्म यो घटेर १ खर्ब ६३ करोड रुपैयाँमा ओर्लिएको छ ।

केन्द्रीय बैंकका अनुसार निरन्तर घटिरहेको सेयर धितो कर्जा मंसिर महिनामै मात्र १ अर्ब ३१ करोड रुपैयाँले कम भएको छ । मंसिरमा घटाएको समेत हिसाब गर्दासाउनदेखि मंसिरसम्म बैंकहरुले कुल ७ अर्ब ८७ करोड रुपैयाँ फिर्ता लिइसकेका छन् ।

 

४/१२ को सीमा लगाएसँगै घटिरह्यो सेयर धितोमा राखेर दिइने कर्जा

बैंकहरुले आव २०७७/७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जा दोब्बरले बढाएपछि केन्द्रीय बैंकले ४/१२ को नीति अंगिकार गरेको थियो । राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा यस्तो प्रकृतिको कर्जा ५५ अर्ब ८७ करोड रुपैयाँले बढाएका थिए ।

सेयर बजार उकालो लागिरहने क्रममा लगानीकर्ता सोही सेयर धितोमा राखेर कर्जा लिइ पुनः सेयर बजारमा लगानी उत्साहित हुँदा बैंकहरुबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा दोब्बरभन्दा बढी भएको थियो । २०७७ असार मसान्तसम्म ५० अर्ब ४१ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएकामा २०७८ असार मसान्तसम्म १ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । साउनमा पनि बढिरहने संकेत पाएपछि राष्ट्र बैंकले यस्तो कर्जामा लगाम लगाएको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकहरुले साउनमा यस्तो प्रकृतिको कर्जा २ अर्ब २३ करोडले बढाएका थिए ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारको मनोवल घट्यो । त्यसयता ३२ सय अंकसम्म पुगेको नेप्से परिसूचक २४ सयको हाराहारीमा ओर्लियो ।

विशेष गरी ठूला लगानीकर्तालाई दिइएको कर्जा फिर्ता लिएर सानामा लगानी गर्न प्रोत्साहन हुने गरी ४/१२ को नीति ल्याइएको केन्द्रीय बैंकले बताउँदै आएको छ । तर, यसको चरम बिरोध भइरह्यो ।

मौद्रिक नीतिमा पहिलो त्रैमास समीक्षासम्म आइपुग्दा कर्जाको विस्तार असन्तुलित ढंगले बढेर बजारमा लगानीयोग्य रकमको अभाव भयो भने निक्षेपको ब्याजदर बढेर दोहोरो अंकमा पुग्यो ।

महिना दिनमै बैंकहरूले फिर्ता लिए ४ अर्ब बढी सेयर धितो कर्जा, सनराइज सबैभन्दा अघि

सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब

बैंकले लिए सेयर बजारबाट साढे ६ अर्ब कर्जा फिर्ता, सीमाभन्दा बढी ऋण लिने लगानीकर्तालाई सकस

पहिलो त्रैमासिक समीक्षामै यो नीतिबाट फिर्ता हुने आम लगानीकर्ताको अनुमान सही भएन । केन्द्रीय बैंकले दीर्घकालमा लाभदायी हुने भन्दै ४/१२ को सीमा कायम गरिरह्यो ।

अहिले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको संघारमा सार्वजनिक तथ्यांकले बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा निरन्तर घटाइरहेको तथ्य सार्वजनिक भएको छ ।

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीले कुल १ खब ६३ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन् ।

जुन अघिल्लो महिनासम्म १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार साउन मसान्तसम्म १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएकामा भदौ मसान्तसम्म १ खर्ब ४ अर्ब ४९ करोड रुपैयाँमा ओर्लिएको थियो । यसैगरी असोज मसान्तसम्म १ खर्ब ३ अर्ब ९१ करोड, कात्तिक मसान्तसम्म १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ हुँदै १ खर्ब ६३ करोड रुपैयाँमा आइपुगेको हो ।

 

बैंकिङ इन्डिष्ट्रिबाट प्रवाह भएको मार्जिन प्रकृतिको (सेयर धितोमा राखेर सेयर किन्ने प्रयोजन) कुल कर्जाको मासिक ट्रेन्डलाई तथ्यांकमा यसरी हेरौंः

वि.सं. २०७७

असार मसान्तसम्मः ५० अर्ब ४० करोड रुपैयाँ

वि.सं. २०७८

असार मसान्तसम्मः १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ

साउन मसान्तसम्मः १ खर्ब ८ अर्ब ५१ करोड रुपैयाँ

कात्तिक मसान्तसम्मः १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ

मंसिर मसान्तसम्मः १ खर्ब ६३ करोड रुपैयाँ

 

साउन मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः ७ अर्ब ८७ करोड रुपैयाँ

कात्तिक मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः १ अर्ब ३१ करोड रुपैयाँ

 

 

ठूलाबाट खोसेर सानालाई दिइँदै

केन्द्रीय बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदन अनुसार मौद्रिक नीतिमार्फत् गरिएको ४/१२ को व्यवस्थाले साना ऋणीलाई लाभ मिलेको पाइएको छ । राष्ट्र बैंकको अनुसार सो व्यवस्थाले एकातिर ठूला ऋणीलाई दिइएको कर्जा घटिरहेको छ भने अर्कातर्फ साना कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।

बैंक तथा वित्त कम्पनीबाट प्रवाह हुने १ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा गत साउन मसान्तसम्म ७३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ बराबरको प्रवाह भएको थियो । मंसिर मसान्तसम्म सो घटेर ६३ अर्ब ८९ करोड रुपैयाँमा खुम्चिएको छ ।

तर, २५ लाख रुपैयाँभन्दा साना दरका कर्जामा उल्लेख्य सुधार आएको छ । साउन मसान्तसम्म ७ अर्ब ८६ करोड रुपैयाँको त्यस्तो कर्जा भएकामा मंसिर मसान्तसम्म बढेर ८ अर्ब ७५ करोड पुगेको छ ।

यस्तै, ५० लाखसम्म र १ करोड रुपैयाँसम्म दरका कर्जा पनि बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।

 

घटेको कर्जा सबै वाणिज्य बैंकको

बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुले मौद्रिक नीति सार्वजनिक भएयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा साढे ७ अर्ब रुपैयाँले घटाएका छन् ।

वाणिज्य बैंकले दिने यस्तो कर्जा मंसिरमा मात्रै १ अर्ब ५४ करोड रुपैयाँले कम भएको छ ।

बैंक तथा वित्त कम्पनीले प्रवाह हुने ८४ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जा वाणिज्य बैंकबाट जाने गरेको छ ।

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरुले गत साउन मसान्तसम्म ९२ अर्ब ८ करोड रुपैयाँको सेयर धितो कर्जा दिएका थिए जुन मंसिरसम्म ७ अर्ब ४७ करोड रुपैयाँले घटेर ८४ अर्ब ६१ करोड रुपैयाँमा सिमित भएको छ ।

मंसिरमा मात्र यस्तो कर्जा १ अर्ब ५४ करोड रुपैयाँले कम भएको छ ।

वाणिज्य बैंकबाट प्रवाह भएको मार्जिन प्रकृतिको (सेयर धितोमा राखेर सेयर किन्ने प्रयोजन) कुल कर्जाको मासिक ट्रेन्डलाई तथ्यांकमा यसरी हेरौंः

वि.सं. २०७७

असार मसान्तसम्मः ४१ अर्ब ३४ करोड रुपैयाँ

वि.सं. २०७८

असार मसान्तसम्मः ९० अर्ब २१ करोड रुपैयाँ

साउन मसान्तसम्मः ९२ अर्ब ०८ करोड रुपैयाँ

कात्तिक मसान्तसम्मः ८६ अर्ब १५ करोड रुपैयाँ

मंसिर मसान्तसम्मः ८४ खर्ब ६१ करोड रुपैयाँ

 

साउन मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः ७ अर्ब ४७ करोड रुपैयाँ

कात्तिक मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः १ अर्ब ५४ करोड रुपैयाँ

 

 

एनआईसी एशियाले सबैभन्दा बढी घटायो, बढाउनेमा नबिल नम्बर वान

केन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा दिने बैंक ग्लोबल आईएमई बैंक हो भने सबैभन्दा कम दिने कृषि विकास बैंक हो । नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा दिँदैनन् ।

दोस्रो बढी सेयर धितो कर्जा दिने बैंक नबिल हो ।

ग्लोबल आईएमईले मंसिर मसान्तसम्म ७ अर्ब ६५ करोड रुपैयाँको सेयर धितो कर्जा दिएकामा नबिलले ७ अर्ब १९ करोड रुपैयाँको यस्तो कर्जा दिएको छ ।

तर, मौद्रिक नीतिपछि सबैभन्दा बढी सेयर धितो कर्जा घटाउने बैंक एनआईसी एशिया हो । बैंकले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको यस्तो कर्जा फिर्ता लिएकामा सिद्धार्थ बैंकले दोस्रो धेरै १ अर्ब ३१ करोड रुपैयाँ फिर्ता लिएको छ ।

यता नबिल बैंकले भने ४ महिनामा ८५ करोड रुपैयाँ सेयर धितो कर्जा थपेको छ । यस अवधिमा सेयर धितो कर्जा थप्ने बैंकहरु माछापुच्छ्रे, कृषि विकास, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू लक्ष्मी, नेपाल इन्भेष्टमेण्ट र सेञ्चुरी बैंक हुन् ।

मंसिरको मात्र तथ्यांक हेर्दा बैंकहरु मार्जिन प्रकृतिका ठूला सेयर धितो कर्जा घटाउन तदारुक देखिन्छन् । मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले यस्तो कर्जा ४६ करोड रुपैयाँले घटाएको छ भने एभरेष्टले पनि ३३ करोड रुपैयाँ फिर्ता लिएको छ ।

मंसिरमा प्रभु बैंकले सबैभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा थप गरेको छ । बैंकले ३६ करोड रुपैयाँको सेयर धितो कर्जा थप गर्दा हिमालयन, नेपाल, कृषि विकास, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, लक्ष्मी र सानिमा बैंकले यस्तो कर्जा बढाएका छन् ।

महिनाको अन्त्यसम्म वाणिज्य बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा

 

मार्जिन प्रकृतिको सेयर घटाउनमा विकास बैंक पनि तदारुक

विकास बैंकबाट प्रवाह भएको सेयर धितो कर्जा पनि निरन्तर घटिरहेको केन्द्रीय बैंकको तथ्यांक देखाउँछ । विकास बैंकहरुले मौद्रिक नीति सार्वजनिक भएयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा ९१ करोड रुपैयाँले घटाएका छन् ।

केन्द्रीय बैंकका अनुसार विकास बैंकहरुले गत साउन मसान्तसम्म १३ अर्ब २४ करोड रुपैयाँको सेयर धितो कर्जा दिएका थिए जुन मंसिरसम्म १२ अर्ब ३३ करोडरुपैयाँमा सिमित भएको छ ।

विकास बैंकले दिने यस्तो कर्जा मंसिरमा साढे २ करोड रुपैयाँले कम भएको छ ।

विकास बैंकबाट प्रवाह भएको मार्जिन प्रकृतिको (सेयर धितोमा राखेर सेयर किन्ने प्रयोजन) कुल कर्जाको मासिक ट्रेन्डलाई तथ्यांकमा यसरी हेरौंः

वि.सं. २०७७

असार मसान्तसम्मः ६ अर्ब ४४ करोड रुपैयाँ

वि.सं. २०७८

असार मसान्तसम्मः १२ अर्ब ५२ करोड रुपैयाँ

साउन मसान्तसम्मः १३ अर्ब २४ करोड रुपैयाँ

कात्तिक मसान्तसम्मः १२ अर्ब ३५ करोड रुपैयाँ

मंसिर मसान्तसम्मः १२ खर्ब ३३ करोड रुपैयाँ

 

साउन मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः ९१ करोड रुपैयाँ

कात्तिक मसान्तभन्दा मंसिर मसान्तमा घटेकोः २ करोड रुपैयाँ

 

 

सेयर धितो कर्जा दिनेमा मुक्तिनाथ अगाडि, घटाउने पनि मुक्तिनाथ नै

केन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा दिने विकास बैंक मुक्तिनाथ हो भने सबैभन्दा कम दिने सप्तकोसी विकास बैंक हो ।

दोस्रो बढी सेयर धितो कर्जा दिने विकास बैंक महालक्ष्मी हो ।

मुक्तिनाथले मंसिर मसान्तसम्म २ अर्ब २५ करोड रुपैयाँको सेयर धितो कर्जा दिएकामा महालक्ष्मीले १ अर्ब ९० करोड रुपैयाँको यस्तो कर्जा दिएको छ । ७ वटा विकास बैंकले १ अर्ब भन्दा बढी सेयर धितोमा राखेर कर्जा दिएका छन् ।

मौद्रिक नीतिपछि सबैभन्दा बढी सेयर धितो कर्जा घटाउने विकास बैंक मुक्तिनाथ हो । बैंकले ३० करोड रुपैयाँ बराबरको यस्तो कर्जा फिर्ता लिएकामा कामना सेवा विकास बैंकले दोस्रो धेरै २३ करोड रुपैयाँ फिर्ता लिएको छ ।

यता ग्रिन डेभलपमेन्ट, सिन्धु, शाइन रेशुङ्गा र सालपा विकास बैंकले भने धितो कर्जा थपेका छन् ।

मंसिरको मात्र तथ्यांक हेर्दा ६ वटा विकास बैंक बैंकहरु मार्जिन प्रकृतिका ठूला सेयर धितो कर्जा घटाउन तदारुक देखिएका छन् भने ६ वटाले बढाएका छन् । सिन्धु विकास बैंकले भने मंसिरमा १ रुपैयाँ पनि सेयर धितो कर्जा दिएको छैन ।

महिनाको अन्त्यसम्म विकास बैंकहरूले प्रवाह गरेको सेयर धितो कर्जा

 

वित्त कम्पनीबाट भने धमाधम गइरहेछ सेयर धितो कर्जा

वित्त कम्पनीहरुले साना परिमाणका सेयर धिर्ता कर्जा दिने गर्दछन् । वाणिज्य तथा विकास बैंकहरुले सेयर धितो कर्जा घटाइरहँदा वित्त कम्पनीहरुले भने यस्तो कर्जा थपिरहेका छन् ।

वाणिज्य र विकास बैंकको ठीक उल्टो वित्त कम्पनीबाट प्रवाह भएको सेयर धितो कर्जा भने निरन्तर बढिटरहेको केन्द्रीय बैंकको तथ्यांक देखाउँछ । विकास बैंकहरुले मौद्रिक नीति सार्वजनिक भएयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा ५० करोड रुपैयाँले बढाएका छन् ।

केन्द्रीय बैंकका अनुसार वित्त कम्पनीहरुले गत साउन मसान्तसम्म ३ अर्ब १८ करोड रुपैयाँको सेयर धितो कर्जा दिएका थिए जुन मंसिरसम्म बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

वित्त कम्पनीले दिने यस्तो कर्जा मंसिरमा साढे २५ करोड रुपैयाँले थप भएको छ ।

वित्त कम्पनीहरु बाट प्रवाह भएको मार्जिन प्रकृतिको (सेयर धितोमा राखेर सेयर किन्ने प्रयोजन) कुल कर्जाको मासिक ट्रेन्डलाई तथ्यांकमा यसरी हेरौंः

वि.सं. २०७७

असार मसान्तसम्मः २ अर्ब ६१ करोड रुपैयाँ

वि.सं. २०७८

असार मसान्तसम्मः २ अर्ब ८३ करोड रुपैयाँ

साउन मसान्तसम्मः ३ अर्ब १८ करोड रुपैयाँ

कात्तिक मसान्तसम्मः ३ अर्ब ४३ करोड रुपैयाँ

मंसिर मसान्तसम्मः ३ खर्ब ६८ करोड रुपैयाँ

 

साउन मसान्तभन्दा मंसिर मसान्तमा बढेकोः ५० करोड रुपैयाँ

कात्तिक मसान्तभन्दा मंसिर मसान्तमा बढेकोः २५ करोड रुपैयाँ

 

 

सेयर धितो कर्जा दिनेमा आईसीएफसी अगाडि, चार महिनामै दोब्बर बनायो

केन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा दिने वित्त कम्पनी आईसीएफसी फाइनान्स हो । दोस्रो बढी सेयर धितो कर्जा दिने फाइनान्स गुडविल हो ।

आईसीएफसीले मंसिर मसान्तसम्म ६९ करोड रुपैयाँको सेयर धितो कर्जा दिएको छ जुन साउन मसान्तसम्म दिएको भन्दा दोब्बर हो । यस्तै गुडविले ४१ करोडको यस्तो कर्जा दिँदा गोर्खाजले ४० करोडको सेयर धितो कर्जा दिएको छ । गोर्खाजले ४ महिनामै सेयर धितो कर्जा ३ गुणाले बढाएको हो ।

मौद्रिक नीतिपछि पनि सबैभन्दा बढी सेयर धितो कर्जा बढाउने वित्त कम्पनी क्यापिटल मर्चेन्ट हो । कम्पनलिे २९ करोड रुपैयाँ बराबरको यस्तो कर्जा थप्दा गोर्खाजले २७ करोड रुपैयाँ थप गरेको छ ।

मंसिरको मात्र तथ्यांक हेर्दा मञ्जुश्री, गोर्खाज र मल्टिपर्पोस फाइनान्सले सेयर धितोमा राखेर दिने कर्जा घटाएपनि ८ वटाले बढाएका छन् ।

महिनाको अन्त्यसम्म वित्त कम्पनीहरूले प्रवाह गरेको सेयर धितो कर्जा

GBIME

प्रतिक्रिया दिनुहोस्