Shikhar Insurance

इमरान खान पक्राउ प्रकरण : पाकिस्तानमा देशैभर झडपम, ८ जनाको मृत्यु, २९० घाइते

सिंहदरबार संवाददाता
२०८० बैशाख २८, बिहीबार १४:५५
NIMB
Nabil Bank

एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ।

झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तारीमा परेका छन् । प्रहरी चौकीसहित विभिन्न सरकारी भवनहरू ध्वस्त भएका छन् । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तवावको स्थिति सृजना भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पनि पक्राउ गरिएको थियो। पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो ।

प्रदर्शनकारीहरूले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेट समेत भत्काएका छन् ।

यसअघि पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा राखेको थियो।

पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट-बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो। मङ्गलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्