Shikhar Insurance

वर्ल्डलिंक लगायतले बक्यौता नतिर्दा नेपालमा इन्टरनेट सेवा बन्द हुने जोखिम

सिंहदरबार संवाददाता
२०८० मंसिर २९, शुक्रबार १२:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपालका ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरु वर्ल्डलिंक, क्लासिक टेक, सुबिशु, भायनेट लगायतले बक्यौता रकम नतिर्दा नेपालमा इन्टरनेट सेवा नै अवरुद्ध हुने जोखिम बढेको छ । नेपाल दुर सञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुरानो बक्यौता नतिरी ब्याण्डविथ खरिदका लागि डलर सटही सुबिधा नदिने अडान कसेका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु भने बक्यौता नतिर्ने अडानमा छन् ।

यहि बीचमा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विगत ८ महिनादेखि अपस्ट्रिम प्रोभाइडर कम्पनीलाई भुक्तानी गरेका छैनन् । नेपालका लागि अपस्ट्रिम प्रोभाइडर कम्पनहरु टाटा, एयरटेल, सिफ्फीलगायतले डिसेम्बर ३१ अर्थात पुस १५ गते देखि सेवा अवरुद्ध गर्ने चेतावनीको पत्र पठाईसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन समितिले ९ इन्टरनेट सेवा प्रदायक कम्पनीले अरबौं बक्यौता तिर्न बाँकी रहेको तथ्य उजागर गरेको छ । तर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने त्यस्तो बक्यौता तिर्नु नपर्ने ेअडान कस्दै आएका छन् ।

कानुन अनुसार हरेक सेवा प्रदायकले सपोर्ट चार्ज, मर्मतसम्भार शुल्क, टेक्निकल शुल्क, मनिटरिङ चार्जजस्ता गैरदूरसञ्चार सेवाबापत लिएको शुल्कमा ग्रामीण दूरसञ्चार कोष शुल्क र रोयल्टी लाग्ने व्यवस्था छ । तर सेवा प्रदायकले भने त्यस्तो दस्तुरमा ग्रामिण दुर सञ्चार कोष शुल्क र रोयल्टी नलाग्ने दावी गर्दै आएका छन् ।

यहि बक्यौता नतिरेसम्म डलर सटही सुबिधा नदिने अडानमा सरकार छ । वर्ल्डलिंक लगायतका बिभिन्न ठूला इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अरबौं बक्यौता नतिरेको भन्दै तत्कालै त्यस्तो रकम असुल्न महालेखा परिक्षकले हरेक बार्षिक प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । वर्ल्डलिंकले मात्रै साढे २ अर्ब भन्दा बढी बक्यौता तिर्न बाँकी छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्