Shikhar Insurance

एलआईसीको इन्साइडर ट्रेडिङ अख्तियारमा, ‘गम्भिर अध्ययन’ गर्न बीमा प्राधिकरणलाई पत्र

सिंहदरबार संवाददाता
२०८० पुष १२, बिहीबार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । एलआईसी नेपालको सेयरमा इन्साइडर ट्रेडिङ भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गरेको छ । अख्तियारले पत्र काट्दै एलआईसी नेपालमा भएको भनिएको इन्साडर ट्रेडिङको छानविन गर्न नियामक निकायलाई पत्र काटेको हो ।

अख्तियारले नेपाल बीमा प्राधिकरणलाई पत्र लेख्दै एलआईसी नेपालको सेयर कारोबारमा भएको भनिएको इन्साइडर ट्रेडिङबारे छानविन गर्न भनेको हो । ‘अख्तियारमा उजुरी परेको रहेछ, उजुरीमा केहि आधारहरु पनि देखिएछन्, अख्तियारले पत्र लेखेर एलआईसी नेपालमा भएको भनिएको इन्साइडर कारोबारबारे अध्ययन गरि प्रतिवेदन बुझाउन भनेको छ’, नेपाल बीमा प्राधिकरण उच्च व्यवस्थापन स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

एलआईसी नेपालमा हकप्रद सेयरका नाममा इन्साइडर ट्रेडिङ भएको भन्दै पुस १ गते नेपाल धितोपत्र बोर्डमा पनि उजुरी परेको थियो । हकप्रद सेयरका नाममा इन्साईडर ट्रेडिङ गरेको भन्दै कम्पनीको उच्च ब्यवस्थापन र संचालक समितिमाथी छानबिन गरि कार्वाही गर्न उजुरीमा माग गर्दै बोर्डमा पुस १ गते ७१४५ नम्बरमा उजुरी दर्ता भएको थियो । कुमार बहादुर आचार्यले दर्ता गरेको उजुरीमा विभिन्न ८ बुदामा इन्साइडर कारोबार गरेको दावी गरिएको छ ।

कम्पनीको उच्च ब्यवस्थापन र संचालकहरुले हकप्रदका नाममा ३२ प्रतिशतसम्म मूल्य वृद्धि गरेर १८ सय रुपैयाँसम्म पुर्याएको भन्दै त्यसको विवरण समेत उजुरीमा समावेश गरिएको छ ।

एलआईसी नेपालले २०८० असार १५ गते बीमा प्राधिकरणबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको थियो । तर सो सूचना साढे साढे ३ महिनासम्म लुकाएर २०८० असोज २९ गते मात्रै धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएको थियो ।

नेपाल बीमा प्राधिकरणले एलआईसी नेपाललाई हकप्रद सेयर जारी गर्ने अनुमति फिर्ता लिने चेतावनीसहित ३ दिनभित्र जवाफ पेश गर्न मंसिर १५ गते पत्र लेखेको थियो । एलआईसीले मंसिर २२ गते पत्र लेख्दै नेपाल धितोपत्र बोर्डका कारण हकप्रद सेयर जारी गर्न ढिलाई भएको स्पष्टीकरण दिएको छ ।

प्राधिकरणले हकप्रद सेयर जारी गर्न दिने अनुमति खारेज गर्न लागेको सूचना पाएपछि कम्पनीले मंसिर १३ गते मात्रै बोर्डलाई पत्र लेखेर हकप्रद सेयर जारी गर्ने प्रक्रिया छिटो अघि बढाउन अनुरोध गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशतले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको थियो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी) को ५५ प्रतिशत, बिशाल ग्रुपको १५ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।

एलआईसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर रोक्दै बीमा प्राधिकरण

एलआईसी नेपालको बदमासीः हकप्रदका नाममा चलखेल गरेर दोष जति सेबोनलाई

एलआईसी नेपाल विरुद्ध धितोपत्र बोर्डमा उजुरी, इन्साईडरमा छानबिन गर्न माग

GBIME

प्रतिक्रिया दिनुहोस्