Shikhar Insurance

ट्रेडिङमा कमजोर बन्दै एमभी दुगड ग्रुप, व्यापारिक साख जोगाउन कठिन बन्दै

रोशनी तामाङ
२०८० फाल्गुन २९, मंगलवार १६:४५
NIMB
Nabil Bank

काठमाडौं। आयात/निर्यातबाट उदाएको एमभी दुगढ ग्रुप व्यापारमा कमजोर देखिन थालेको छ । लामो व्यावसायिक यात्रामा लगानी स्थानान्तरण सुरु गरेको ग्रुपले व्यापारलाई कम महत्व दिन थालेको हो।

व्यापारिक क्षेत्र मध्ये अब्बल मानिएको अटोमोबाइलमै ग्रुप पछि पर्न थालेको हो । ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल प्राइभेट लिमिटेडको एकै वर्ष ६७ प्रतिशतले व्यापारमा संकुचन आएको छ । कम्पनीको व्यापारमा संकुचन आउनुको प्रमुख कारण भने चर्चित मोटरसाइकल ब्राण्ड ‘रोयल इन्फिल्ड’ खोसिनु हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले बिक्री गर्दै आएको रोयल इनफिल्ड मोटरसाइकलको ब्राण्ड चर्चित उद्योगी रामचन्द्र संघाईले खोसेपछि व्यापारमा गिरावट आएको हो । पछिल्लो समय ग्रुपले बिक्री गर्दै आएको ‘निसान’ ब्राण्डको गाडी, भेस्पा ब्राण्डको स्कुटरको आधिकारिक एजेन्सी समेत खोसिएको छ ।

ब्राण्ड खोसिनुमा कर्पोरेट वार मात्रै नभई ग्रुपको व्यावसायिक प्रतिपर्धा समेत कमजोर हुनु हो । ग्रुपले बढ्दो प्रतिस्पर्धा अनुसार रणनिति तय नगर्दा पछि परेको हो । चर्को प्रतिस्पर्धि बजारलाई स्वीकार नगरी पुरानै शैलीबाट व्यापार गर्ने योजना अघि बढाएपछि ग्रुप एकपछि अर्को असफलताको भुमरीमा परेको हो।

 

ब्राण्ड निरन्तर खोसिन थालेपछि ग्रुपलाई व्यापारिक साख जोगाउन समेत कठिन पर्न थालेको छ । बजारमा चलेका ब्राण्ड खोसिएपछि कम्पनीसँग हाल दीर्घकालमा ठूलो बजार लिन सक्ने गाडी तथा मोटरसाइकल छैन। कम्पनीका संचालक मोतिलाल दुगढले भने ट्रेडिङ व्यावसायबाट विस्तारै हात झिक्दै गएको उनको किताब ‘कृषिदेखी जलविद्युतसम्म’ मा उल्लेख गरेका छन् ।

ग्रुपले आयातबाट आर्जन गरेको कमाई स्थानान्तरण गरी बैंक तथा वित्तिय संस्था, जलविद्युत लगायत क्षेत्रमा लगानी बढाइरहेको छ । ग्रुपले अन्य व्यापारमा ध्यान दिदाँ विवेक अटोमोबाइलको  व्यापारमा एकै वर्ष ६७ प्रतिशतले गिरावट आएको हो । व्यापारमा धेरै मिहेनेत गर्नुपर्ने भएकाले कम मिहेनत गर्ने गर्नुपर्ने क्षेत्रमा कम्पनीले लगानी बढाइरहेको छ ।

ऋणको रेटिङ गर्ने एजेन्सी इन्फोमेरिक्सले उल्लेख गरे अनुसार कम्पनीले अग्रेंजी आर्थिक वर्ष सन् २०२३ मा १ अर्ब ७० करोड १० लाखको कारोबार गरेको छ । जबकी अघिल्लो वर्ष कम्पनीले ५ अर्ब १२ करोड ३० लाख बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले ३ अर्ब ४२ करोड २० लाखले गिरावट आएको छ ।

कम्पनीले सन् २०२१ मा ६ अर्ब ५७ करोड १० लाख बराबरको कारोबार गरेको थियो । कारोबार खस्किएसँगै ब्याज कभरेज रेसियोमा समेत गिरावट आएको छ । सन् २०२१ मा ६.४७ रहेको ब्याज कभरेज रसियो सन् २०२३ मा आइपुग्दा ०.४२ मा आइपुगेको छ ।

यस्तै, १ अर्ब ८० करोड ६० लाख ऋणको मध्ये ५८ करोड ६० लाखको बीबी रेटिङ पाउको छ । १ खर्ब २२ अर्ब ऋणको भने ए फोर क्रेडि रेटिङ पाएको छ । कम्पनीले हाल भारतीय ट्याक्टर कम्पनी जोन डीअर, इन्डोनेसियाको जेसिस्ट इलेक्ट्रिक स्कुटर र महिन्द्राको कमर्सियल भेहिकलको बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

कम्पनीमा दक्ष व्यवस्थापन टीम, अनुभवी प्रवर्धकहरु रहेका छन् । हाल विवेक अटोमोबाइलको नेतृत्व मोतिलाल दुगढका छोरा विवेक दुगढले गरिरहेका छन् । कम्पनीले आफूसँग रहेको ब्राण्ड जोगाउन नसक्दा आगामी दिन नयाँ उत्पादन बजारमा ल्याउन चुनौति थपिएको उल्लेख गरिएको छ।

ग्रुप व्यापार, निर्माण, वित्तीय सेवा, बीमा उद्योग आदिमा सक्रिय रहेको छ । विवेक अटोमोबाइलको बजार गतिशिलता आपूर्तिकर्ता र ग्राहकहरुसंग राम्रो सम्बन्ध राख्दै आएको दाबी छ । कुनै समय नेपालबाट भारत चामल निर्यात गर्ने यो ग्रुपले थुप्रै ४ दशकभन्दा बढी आयात निर्यातमा समय बिताएको छ । समयसँगै व्यापारको दायारालाई ग्रुपले सिमित बनाउँदै लगेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्